शिवमाया तुम्बाहाङ्फे बनिन कानूनमन्त्री

आदर्श समाज सम्वाददाता
फागुन ५, २०७६
kp-prachanda-shiva-maya

काठमाण्डौ, ५ फागुन । निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे कानूनमन्त्री बन्ने भएकी छन् ।तुम्बाहाङ्फेले सोमवार दिउँसो साढे ३ बजे राष्ट्रपतिसमक्ष कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदैछिन् । तुम्बाहाङ्फेले सोमवार दियसो कानून मन्त्रीको शपथ लिने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

उपेन्द्र यादवको वहिर्गमनपछि रिक्त रहेको कानून मन्त्रालयको जिम्मेवारी स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सम्हाल्दै आएका छन् । समाजवादी पार्टीले सरकार छाडेपछि कानून मन्त्रालयसँगै सहरी विकास मन्त्रालय पनि खाली छ । कानून मन्त्रालय पूर्वएमालेले पाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width