हेमजा ।अन्नपूणँ गाउँपालिकाअन्तर्गत पाउँदुरमा जारी शिवमहापुराण धनधाञ्यान्चल महायज्ञ त्यस क्षेत्रका वासिन्दाको भेटघाट माध्यम बन्न पुगेको छ । अन्य समयमा विरलै भेटिने वडावासी जारी यज्ञमा दिनहुँजसो भेट भएका छन् ।
विशेषगरी ज्येष्ठ नागरिक तथा कामको सिलसिलामा पोखरा झरेका युवा भेटघाट भई आपसी कुराकानी तथा यज्ञमा सहभागि भइरहेका देखिन्छन् । ज्येष्ठ नागरिकको दिन काट्ने गतिलो माध्ययम समेत यज्ञ बन्न पुगेको छ।वडावासी बीच दिनहुँ भेटघाट हुँदा आत्मीयता बढ्दै गएको आयोजकको दाबी छ । यज्ञमार्फत धार्मिक जागरणको कुरा एकातिर होला, रकम संकलनको पाटो अर्को होला तर यज्ञले वडावासीको भावना समेत जोडेको मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलले बताए।
यज्ञमा सोमबारसम्म २३ लाख १५ हजार रुपैयाँ दान संकलन भएको छ ।त्यस्तै २५ मुरी धान तथा करिव १० मुरी चामल पनि संकलन भएको जनाइएको छ ।यज्ञमा हालसम्मकै सबैभन्दा धेरै सोमवार अन्नपूर्ण ३ हाल पोखरा वैदाम निवासी होटल बाराहीका संचालक हरिप्रसाद पौडेल परिवारले ३ लाख ५ हजार ५ दान गरेको छ ।त्यस्तै महायज्ञ अध्यक्ष रामचन्द्र पौडलको परिवारबाट १ लाख १५ हजार ५ सय ५५, मराउँचे निवासी मायादेवी पौडेलको परिवारले १ लाख १५ हजार ५ सय १५ दान सहयोग गरेका छन्।
त्यसैगरी, उवाउनेघरका टीकाराम पौडेल (मदन) परिवारले ५१ हजार १ सय ५१, रानीथोक स्थित समाज सुधार आमा समूहबाट २६ हजार ६ सय ६६, मुलाछरेका छविलाल पौडेलको परिवारले २५ हजार ६ सय २५, पाउँदुर घुम्तीस्थित सृष्टि आमा समूह तथा पाउँदुरकोटस्थित सिर्जना आमा समूहबाट समान २५ हजार १ सय २५ लगायत थुपै व्यक्ति एवम् संघसंस्थाले नगद तथा जिन्सी सहयोग गरेका छन्।सोमवार शिवमहापुराण वाचन गर्दै भागवत्भाष्कर पं.कमलनयन गौतमले धनसञ्चय गरेर धनी नभइने तर्क गर्दै धनको सदुपयोग गर्नेपर्ने बताए ।उनले लोभैलोभको भाँडोसँग मानवीय शरीरको तुलना गर्दै लोभको परित्याग गरे मोक्ष प्राप्त हुने भनाइ राखे।
यज्ञअन्तर्गत शिवमहापुराणको कथावाचनका अलवा रुद्राभिषेक, हवन, धनधाञ्यान्चल, तुलादान, वेद पाठपारायण, सामूहिक ब्रतबन्ध, चौरासी पूजा, चण्डीपाठ लगायतका कार्यक्रम पनि भइरहेका छन् ।
यज्ञका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न सोमवारको कार्यक्रम महासचिव हरिप्रसाद शर्मा र धारापानी माविका शिक्षक नयन पौडेलले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
लेखनाथमा महायज्ञ समिति
राधाकृष्णको महायज्ञबाट ४० लाख
अस्पताल बचाउन फेरि महायज्ञ
राधाकृष्ण मन्दिरमा महायज्ञ जारी
राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१