काठमाडौं ११ माघ । नेपाल पनि कोरोना भाइरसको संक्रमण भेटिएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ
‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हालल उक्त व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।यसबारे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सघन निगरानी तथा विस्तृत अध्ययन गरिरहेको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सागर दाहालले कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा आवश्यक तयारी गरिसकेको बताए ।
‘बिरामीका नजिकको सम्पर्कमा आएको हुन सक्नेहरुको खोजी गरी पहिचान र परीक्षणको काम हुँदैछ’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘यसबारे अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीका प्रावधानअनुसार विश्व स्वास्थ्य संगठनलाई चाँडै विस्तृत परिवतरणसहित जानकारी गराइँदैछ ।मन्त्रालयले शंकास्पद विरामीको रिपोर्टिङ गर्ने फारम र रोगबारेको सूचना सामग्री सबैले पाउने गरी उपलब्ध गराइसकेको जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमित बिरामी आउन सक्ने स्थानमा तयारी र सतर्कतासमेत अपनाएको छ ।
त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कको क्षमता बढाएर उपयुक्त जनशक्ति र उपकरणसहित नेपाल भित्रने शंकास्पद बिरामीको निगरानी भइरहेको पनि मन्त्रालयले जनाएको छ । ‘त्यहाँबाट ज्वरोसहितका बिरामीको पहिचान गरी तोकिएका अस्पतालहरुमा अवलोकन, परीक्षण, उपचारका लागि लैजाने व्यवस्था भइसकेको छ’ मन्त्रालयले भनेको छ ।त्यस्तै चीनबाट नेपाल आउने हरेक विमानहरुमा यात्रुको स्वास्थ्य सम्बन्धी फाराम भरी विमानस्थलमा पेश गर्नुपर्ने व्यवस्थासमेत रगेको मन्त्रालयले जनाएको छ ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सागर दाहालले कोरोना भाइरस संक्रमणको उपचारका लागि शुक्रराज सरुवा रोग अस्पताल टेकु र पाटन अस्पतालमा आवश्यक तयारी गरिसकेको बताए । शनिबारदेखि विमानस्थलमा संक्रमित व्यक्ति भेटिए एम्बुलेन्समार्फत सिधै अस्पताल लैजाने व्यवस्था गरिने उनले जानकारी दिए । त्रिभुवन विमानस्थलमा पाँचवटा मेसिनद्वारा कोरोना भाइरसको परीक्षण गरिने पनि उनले बताए ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसबाट जोगिन सचेत हुने बाहेक अरु उपाय नभएको बताए । रोगको कुनै सीमा नहुने भन्दै उनले सावधानी अपनाउन आग्रह गरे । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले आवश्यक तयारी गरिरहेको पनि उनले बताए ।
Related News
सम्बन्धित समाचार
पोखराको चाउथेमा बिजुली पसलमा आगलागी हुँदा १ करोडको क्षति
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
hero news full width
मुख्य समाचार
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१