पोखरा, २ माघ । ब्रिटिसतर्फबाट भारत स्वतन्त्र हुनु अघि हजारौं गोर्खाहरुले विश्वको विभिन्न युद्धभूमिमा जीवन बलिदान गरे । उनीहरुकै सम्झनामा गोर्खा स्मारक ट्रष्टद्वारा स्याङ्जाको फेदीखोला–१, साल्मेडाँडामा गोर्खा समाधि निर्माणाधीन छ । तर रकम अभावमा समाधि निर्माण दू्रतगतिमा अघि बढ्न सकेको छैन ।
चार अर्ब बढी रुपैयाँको गुरुयोजना तयार पारी निर्माण अगाडि बढाइएको भए पनि समाधिको काम केही प्रतिशत मात्र सकिएको छ । सन् १८१४ पछि विश्वका विभिन्न भूमिमा मारिएका गोर्खाको सम्झनामा निर्माणाधीन समाधि गेसोभित्रको विवादकै कारण ३ वर्षदेखि अलपत्र छ । समाधि निर्माण गर्नेक्रममा गोर्खा भूतपूर्व सैनिक, उनका आफन्त, सहयोगदाताको चन्दा सहयोगमा समाधि निर्माण हुँदैआएको थियो । तर २०७३ सालदेखि विवादले निर्माण अलपत्र परेको छ ।
समाधि निर्माणलाई दू्रतगतिमा अगाडि बढाउन गोर्खा स्मारक ट्रष्टमा हालै कार्यसमिति गठन भएको छ । समिति अध्यक्षमा डब्लुओटु जंगबहादुर गुरुङ, उपाध्यक्ष आनबहादुर गुरुङ, सचिव डा चन्द्रबहादुर गुरुङ, कोषाध्यक्ष रत्ना भट्टचन र सहसचिव जंगबहादुर गुरुङ (भण्डारढिक) छन् । सदस्यमा पूरनध्वज गुरुङ, लालकुमारी गुरुङ, गजिन्द्र गुरुङ, खरीकुमारी गुरुङ, राजकुमार (वीरबहादुर) गुरुङ र जसबहादुर गुरुङ छन् ।
नयाँ कार्यसमितिले विहीवार पोखरामा पत्रकार भेटघाट कार्यक्रम गरेको थियो । कार्यक्रममा सचिव डा चन्द्रबहादुर गुरुङले ट्रष्टमा अब गेसो पूर्व अध्यक्ष पदमबहादुर गुरुङ र कृष्णकुमार राई संलग्न नरहेको स्पष्ट पारे । समाधि निर्माणमा पदमबहादुर गुरुङले हालसम्म २० करोड रुपैयाँ खर्च भएको भने तापनि काम हेर्दा ३/४ करोड रुपैयाँभन्दा बढीको काम नभएको आरोप नयाँ पदाधिकारीको छ ।नयाँ पदाधिकारीले जनस्तरबाट हाल १ करोड २१ लाख रुपैयाँ उठेको जानकारी दियो । यसमध्ये ५५ लाख रुपैयाँ नेपाल सरकारले खानेपानीको लागि उपलब्ध गराएको हो । वर्तमान पदाधिकारीले आर्थिक पारदर्शिताका लागि खर्च विवरण र संघसंस्थाले प्रदान गरेको सहयोग रकम जुनसुकै बेला पनि हेर्न सकिने गरी राखिएको जानकारी ट्रष्ट अध्यक्ष जंगबहादुर गुरुङले दिए ।
समाधि निर्माण प्रयोजनका गोर्खा भूपू र उनका शुभेच्छुकको भेलाले अलपत्र समाधि निर्माण अघि बढाउने निर्णय ग¥यो । जसअनुसार गोर्खा समाधि साल्मेडाँडा निर्माण समिति र बेलायतमा गोर्खा हेरिटेज ट्रष्ट स्थापना गरी संकलित चन्दाले समाधिको केही काम अघि बढाइएको जानकारी अध्यक्ष गुरुङले दिए ।२ वर्षअघि संघीय सरकारको शहरी विकास मन्त्रालयले समाधि निर्माणमा ५ करोड रुपैयाँ छुट्याइदिएको र सोही रकम अनुसार गजेन्द्र कन्ट्रक्सनले काम गरिरहेको दिइयो ।ट्रष्ट अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष आनबहादुर गुरुङले स्वागत मन्तव्य राखेका थिए ।यस्तै, सचिव डा चन्द्रबहादुर गुरुङले प्रेस विज्ञप्ति वाचन र कार्यक्रम संचालन अविनास गुरुङले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१