लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडिया विधेयक प्रेस स्वतन्त्रताविरोधी नहुने बताएका छन् ।प्रेस संगठन लमजुङले वेँसीशहरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले नेकपा कुनै पनि अवस्थामा प्रेसजगतलाई कमजोर बनाउने पक्षमा नरहेको बताए ।
‘लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि नेपालका सञ्चारमाध्यमले खेलेको भूमिका गहन छ र भोलिका दिनमा समृद्ध नेपालका लागि पनि उत्तिकै महत्व रहन्छ,’ उनले भने, ‘त्यसैले मिडिया विधेयक प्रेस स्वतन्त्रताविरोधी हुन सक्दैन।’
श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङफे नै सभामुख पदको सशक्त उम्मेदवार भएको बताए । पहिला राजीनामा गरी त्यो बाटो खुलेपछि पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिने बताए ।
‘संसद्को सबैभन्दा ठूलो दल नेकपा भएकोले सो पदमा दाबी स्वाभाविक हो तर संवैधानिक प्रावधान अनुसार उपसभामुखले राजीनामा नदिँदासम्म नेकपाले समाभुख पद नै गुमाउने स्थिति सिर्जना भएकाले उपसभामुखलाई राजीनामा दिन आग्रह गरिएको उनको भनाइ छ ।
एमसीसीबारे गरिएको प्रश्नमा उनले पार्टीको सचिवालय बैठकले दलको धारणा सार्वजनिक गर्ने बताए । सार्वभौमिकता तथा राष्ट्रिय अखण्डता बचाउन कुनै कसर बाँकी नराख्ने बताउँदै उनले भने, ‘अहिलेको सरकारले मात्र लिपुलेक र कालापानी मात्र नभई लिम्पियाधुरा समेत नेपालको भएको तर्क, तथ्यसहित भारत सरकारसँग कुरा राखेको छ । राजनीतिक र कुटनीतिक वार्ताबाट समाधानमा सरकार लागिपरेको छ ।’
उनले सुशासनका लागि राज्य संयन्त्र प्रभावकारी बनाउन आवश्यक रहेको भन्दै सरकार त्यस दिशामा अघि बढ्ने बताए ।
सरकारले गरेका निर्णयमा अख्तियारले प्रश्न उठाउन नपाउने भएपछि कसरी सुशासनको प्रत्याभूति हुन्छ भन्ने प्रश्नमा भने उनले ठोस उत्तर दिएनन् । प्रेस संगठन जिल्ला संयोजक रुद्रहरि ढकालको अध्यक्षतामा भएको कार्यक्रम सहसंयोजक डीबी मजाकोटीले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
वैशाख २३, २०८१पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१