चाउथेमा ताओ मन्दिर

आदर्श समाज सम्वाददाता
पौष १७, २०७६
Tawo photo_Fotor

पोखरा–१४ चाउथेको स्वागतनगरमा ताओ मन्दिर स्थापना गरिएको छ।

स्थानीय क्षेत्रबहादुर बराल क्षेत्री तथा श्रीमती माया बरालले आफ्नै घरमा मन्दिर स्थापना गरेका हुन्।

प्रमुख ताओ गुरु छेएन रनले बुधबार उक्त मन्दिरको शुभारम्भ गर्दै बराल परिवारलाई बधाई ज्ञापन सहित राम्रो कामको सुरुवात आफै र आफ्नो घरबाटै हुनुपर्ने र समाजलाई शुभसन्देश दिनुपर्ने बताए।

ताओ गुरु आनन्द दहालले पोखरामा घरमै ताओ मन्दिर राख्नेहरुको संख्या सात पुगेको र यसबाट समाजमा नैतिक शिक्षाको प्रचारप्रसार हुने जानकारी दिए।

ताओ गुरुहरुको स्वागत गर्दै क्षेत्रबहादुर बराल क्षत्रीले ताओले अहिसांका बारेमा दिएको शिक्षा आफूलाई मन परेको र श्रद्धासाथ आफ्नै घरमा मन्दिर स्थापना गरेको बताए।

Related News

सम्बन्धित समाचार

hero news full width