पोखरा,११ पुस । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, छोम्रोङमा सञ्चालित १८ औं ल्होसार मेला–२०७६ सकिएको छ । सेञ्चुरी यूवा क्लब छोम्रोङ, घान्द्रुकको आयोजनामा सञ्चालित मेला पुस ५ बाट सुरु भई ९ गते बुधवार समापन भएको हो ।
मेला समापन समारोहका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्माले खेलको माध्यमबाट आन्तरिक पर्यटन प्रवद्र्धनका लागि ठूलो सघाउ पुगेको बताए । उनले खेलकुदका माध्यमबाट देशको अर्थतन्त्रमा टेवा पु¥याउन साहसिक तथा पर्यटकीय खेल गन्तब्यको पहिचान गरी आवश्यक पूर्वाधार निमार्ण र उच्च धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य शुरु भएको बताए ।
सेञ्चुरी यूवा क्लबले निमार्ण गर्न लागेको टेनिस कोर्टको लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी उनले दिए । ५ दिनसम्म सञ्चालन भएको मेलामा खुल्ला पुरुष तथा बास्केटबल प्रतियोगिता सम्पन्न भएका छन् ।
खुल्ला पुरुष भलिबल प्रतियोगितातर्फ अन्नपूर्ण यूथ क्लब घान्द्रुक विजयी भएको छ । बुधबार भएको फाइनल खेलमा अन्नपूर्णले चण्डी युवा क्लब दाङसिङलाई ३–१ को प्रतिस्पर्धात्मक सेटमा हराएको हो । अन्नपूर्णले २५–२२, १७–२५, २५–२१ र २५–२० को सेटमा चण्डीलार्ई पाखा लगायो । पुरुष भलिबलमा अन्नपूर्णका आकाश घमाल उत्कृष्ट खेलाडी घोषित भए । विजेताले ८० हजार रुपैया“ र उपविजेताले ५० हजार रुपैया“ सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा कास्की र पर्वतका १२ टिमको सहभागिता रहेको थियो ।
खुुल्ला पुरुष बास्केटबल प्रतियोगितामा ताङतिङ यूवा क्लब विजयी भएको छ । ताङतिङले उल्लेरी भूमि युवा क्लबलाई बुधवार नै सम्पन्न भएको फाइनल खेलमा पराजित गरेको हो । निर्धारित समयमा ताङतिङले ६८ स्कोर जोड्दा उल्लेरी भूमिले ४६ मात्रै बनाउन सक्यो । प्रतियोगितामा ताङतिङका प्रवीण उत्कृष्ट खेलाडी घोषित भएभने हाई स्कोरमा उल्लेरीका मनोज सफल भए । विजेताले ८० हजार रुपैया“ र उपविजेताले ५० हजार रुपैया“ सहित मेडल ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगितामा कास्की र पर्वत १० टिम सहभागी थिए ।
क्लबका अध्यक्ष मिकास गुरुङको अध्यक्षतामा सम्पन्न समापन समारोहमा विजयी टिमलाई प्रमुख अतिथि यूवा तथा खेलकुद मन्त्री जगत बिश्वकर्मा, अन्नपूर्ण गाउँपालिका कास्की, वडा नं. ११ का वडाध्यक्ष हिम गुरुङ क्लबका अध्यक्ष मिकास गुरुङ, सल्लाहाकार दीलिप गुरुङ, मेला संयोजक राजकुमार गुरुङ लगाएतले पुरस्कार वितरण गरेका थिए ।
Related News
सम्बन्धित समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
पर्वत र बागलुङका सिडिओ फेरिए
जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
जेठ २, २०८१