पोखरा, ७ पुस । पोखरा चेम्बर अफ कमर्श कास्कीको आयोजनामा तीन महिने चाइनिज तथा अंग्रेजी भाषाको तालिम सुरु भएको छ ।
तालिममा २० उद्यागी व्यावसायीको सहभागिता रहेको छ । पोखरा चेम्बर अफ कमर्श कास्कीका अध्यक्ष किसान सुनारले तालिमको उदघाटन गर्दै पहिलो सुरुवात चिनियाँ भाषाको तालिम चलाएको जानकारी दिए । उनले विस्तारै अरु भाषाको तालिम चलाउने बताए । चिनीयाँ राजदुतावासको सहकार्यमा एड्भान्स तालिम सञ्चालन गर्ने जानकारी दिदै उनले नेपाल चेम्बर ७० औं वर्ष प्रवेश र नेपाल भ्रमण वर्ष २०२०को अवसरमा तालिम चलाएको बताए ।
काठमाण्डौ केन्द्रित चेम्बर २०७४ साल देखि जिल्ला तथा नगरहरुमा शाखा विस्तार गरेको उनले जनाए । उनले नेपाल सरकारको आर्थिक सल्लाहाकारको रुपमा रहेको चेम्बरले उद्योगी व्यापारीको हकहित र सरकारलाई नीतिगत सल्लाह दिएको बताए ।
पोखरा चेम्बर अफ कमर्श कास्कीका उद्योग तर्फका उपाध्यक्ष गीता तिवारीले चिनीयाँ भाषाको तालिमले व्यावसायको प्रवद्र्धन र व्यक्तिगत विकासमा सहयोग पुग्ने बताइन् । उनले चेम्बरले महिला उद्यमीलाई आत्म निर्भर बन्नको लागि सिलाई कटाई तालिम दिएको जानकारी दिइन् । चेम्बरका वाणिज्यतर्फका उपाध्यक्ष प्रेमबहादुर भुजेलले उद्योगी व्यापारीको व्यापार व्यवसाय प्रवद्र्धनको लागि चिनियाँ भाषाको तालिम चलाएको बताए । पोखरा चेम्बरका अन्तराष्ट्रिय विभाग प्रमुख रविबहादुर विकले निगता इन्टरनेशनल ल्याङगवेज एण्ड टेनिङ इन्टिच्युट प्रालिको प्राविधिक सहयोगमा रहेको तालिमको प्रशिक्षक विश्वास पालिखे रहेको जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरणः प्रधानमन्त्री
मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
आगलागीले सुन्तलाको बगैंचा सखाप
hero news full width
मुख्य समाचार
पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१