पोखरा । पोखरा महानगरपालिका–१४, काजीपोखरीमा चौथो बास्केटबल प्रतियोगिताको तयारी शुरु गरिएको छ ।
स्थानीय काजीपोखरी युवा क्लबको आयोजनामा पुसको १२ गतेदेखि १५ गतेसम्म बास्केटबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितालाई निरन्तरता दिन र क्लबद्वारा निर्माणार्थ बहुउद्देश्यीय भवनका लागि रकम संकलन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रतियोगिताको विजेताले ७५ हजार, उपविजेताले ४० हजार ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । प्रतियोगिताको हाइस्कोररले ५ हजार र ट्रफी पाउनेछ । प्रतियोगितामा २० टिमसम्मको सहभागिता रहने क्लबले जनाएको छ । टिम दर्ताका लागि ६ हजार ५ सय शुल्क तोकिएको छ ।
खुल्ला प्रतियोगिता हुने भएकोले देशको जुनकुनै टिमले प्रतिस्पर्धा गर्न पाउनेछ । राष्ट्रिय टिमको खेलाडीले प्रतियोगितामा सहभागिता जनाउन नपाउने प्रावधान छ । क्षेत्रीयस्तरका खेलाडीले भने जुनकुनै टिमबाट खेल्न पाउनेछन् । गत वर्षको प्रतियोगितामा काठमाण्डौंबाट सीजी ग्रुपको टिम सहभागी भएको संयोजक अधिकारीले बताए ।
प्रतियोगिताका लागि पोखरा महानगरपालिका वडा नं १४ को वडा कार्र्यलयबाट १ लाख ५० हजारको मुख्य प्रायोजन गरेको प्रतियोगिता संयोजक किरण अधिकारीले बताए । क्लबका सचिव समेत रहेका अधिकारीले प्रतियोगिताका लागि देश तथा विदेशबाट, स्थानीय व्यवसायीहरुबाट सहयोग मिल्ने उल्लेख गरे ।
प्रतियोगितामा १२ लाखसम्म संकलन गर्ने र खर्च कटाएर ४ लाख ५० हजार बचत गरि बहुउद्देश्यीय भवनको बाँकी निर्माण कार्यमा लगानी गर्ने क्लबको लक्ष्य रहेको क्लब अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।
स्थानीय काजीपोखरी युवा क्लब, काजीपोखरी टोलविकास संस्था, सूर्यमूखी मार्ग टोलविकास संस्था, जागृति आमा समूह र हवेलीमार्ग टोलविकास संस्थाको कार्यलय स्थापनाका लागि ६ कोठे बहुउद्देश्यीय भवन निर्माण गरेको क्लबका संस्थापक उपाध्यक्ष जितेन्द्रजंग थापाले बताए ।
हालसम्म भवनका लागि आवश्यक शौचालय, बाथरुमकामे निर्माण तथा बिजुलीकोे मिटर बक्स समेत जडान भइसकेको छ । भवन निर्माणमा हालसम्म ३५ लाख खर्च गरिएको थापाले जनाए । भवनको निर्माण कार्य पूरा गर्न अझै १० लाख लाग्ने उनको भनाई थियो ।
Related News
सम्बन्धित समाचार
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
स्पोर्ट्स अवार्डलाई सहयोग आउने क्रम जारी
विद्यालय स्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट सुरु
पोखरामा एसिया कप ट्रायथलन: इजिप्टका इसमाइल र आइसल्यान्डका इडालाई उपाधि
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
hero news full width
मुख्य समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१