झाँक्रीपानीमा चितुवा आतंक

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
goat photo

फाइल तस्बिर

म्याग्दी,१६ मंसिर । म्याग्दीको मंगला गाउँपालिका –३ झाँक्रीपानीमा खोरमा राखिएका बाख्रामाथि चितुवाको आक्रमण गरी मार्न थालेको छ । पटकपटक चितुवाको आक्रमणबाट दैनिक बाख्रा, कुखुरा लगायतको जनावर मार्दै आएको स्थानीय युवा दर्पण रोका मगरले जानकारी दिए ।

आइतबार राति मात्रै चितुवाले आक्रमण गरी खोरमा राखिएका ३ वटा बाख्रा मारेको छ । झाँक्रीपानी स्थित सोमबहादुर छन्त्यालको खोरमा राखिएका ३ वटा बाख्रालाई आक्रमण गरी मारेको हो । यसअघि सन्तोष थापाको ४ वटा र रनबहादुर रोकाको ८ वटा खसीबोका र बाख्रा चितुवाले खाएको रोकाले जानकारी दिए । ‘चितुवाको आक्रमण त्रासले स्थानीय घास दाउरा गर्न वनजंगल जान सकेका छैनन्,’ रोकाले भने ‘। चितुवा नियन्त्रण र राहत दिन स्थानीय कृषकले माग गरेका छन् । ’

Related News

सम्बन्धित समाचार

hero news full width