पाठेघरको निःशुल्क परीक्षण शिविर सम्पन्न

आदर्श समाज सम्वाददाता
मंसिर १, २०७६
canshar

पोखरा, १ मंसिर । तनहुँको भिमाद नगरपालिका–२ टेक्रेभञ्ज्याङ स्थित बालविकास माविमा संचालित स्वास्थ्य शिविरमा ७० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।

नेपाल अवुर्द्व रोग निवारण संघ कास्कीद्वारा आयोजित एवं नेपाल परिवार संघ कास्कीको प्राविधिक सहयोगमा तनहँुका महिलाहरुको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना सहित निः शुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

नेपाल अवुद्र्ध रोग निवारण संघ कास्कीका अध्यक्ष रामचन्द्र थापाका अनुसार स्वास्थ्य परीक्षण गरिएका मध्ये ५ जना महिलामा पाठेघरको मुखमा क्यान्सरको लक्षण देखिएको बताए । पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रममा प्रशिक्षक एवं नेपाल अर्बुद्व रोग निवारण संस्थाका सचिव नारायण पराजुलीले पाठेघरको मुखको क्यान्सरले पछिल्लो समय धेरै महिलाको ज्यान लिने गरेको पाइएको बताए ।

सानै उमेरमा धेरै सन्तान जन्माउने, खानपान र सरसफाइमा ध्यान नदिने र धेरैजनासँग असुरक्षित यौन सम्पर्क र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघर क्यान्सरको जोखिम बढी हुने गरेकोे चिकित्सकहरु बताउछन् । बेलैमा उपचार गरे निको हुने यो समस्यालाई धेरै महिलाले लुकाउँदा जोखिम बढिरहेको छ ।

नेपाल अवुद्र्ध रोग निवारण संघ कास्कीका अध्यक्ष रामचन्द्र थापाको अध्यक्षतामा सम्पन्न र्काक्रम भिमाद नगरपालिका–२ मन वडाध्यक्ष भवानीशंकर लम्साल, बालविकास माविका प्रअ राम्जी सिग्देल, नेपाल परिवार नियोजन संघ कास्कीका पूर्व अध्यक्ष अर्जुनप्रसाद सिग्देल, लायन्स क्लब अफ पोखरा पिस सिटीका संस्थापक अध्यक्ष सुदीपराज ढुगाना इनरह्विल क्लब पोखराका अध्यक्ष रेखा मर्सानी, प्रभात आर्टस् पोखराका सञ्चालक तीर्थ सुवेदीले लगाएतले क्यान्सर रोगबाट बच्न सावधानी अपनाउन सबैलाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै