सूर्य थापा प्रधानमन्त्रीको प्रेस सल्लाहकार

एजेन्सी
कार्तिक ३०, २०७६
surya_thapa-1-e1556497891757

काठमाण्डौ, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा सूर्य थापा नियुक्त भएका छन् ।

सचिवालय सदस्यहरु हेरफेर गर्ने क्रममा प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचार विभाग उपप्रमुख समेत रहेका थापालाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएका हुन्। पत्रकार समेत रहेका थापा ९ वर्ष अगाडि तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा पनि पनि प्रेस सल्लाहकार थिए ।

स्रोतका अनुसार शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले सल्लाहकार नियुक्तबारे जानकारी दिएका थिएनन् । अधिकांश समय विधेयकहरुबारे छलफल भएको थियो ।तर बैठकका निर्णयहरुको माइन्यूटमा भने सल्लाहकार नियुक्तलाई समावेश गरिएको छ । सल्लाहकारहरु नियुक्ति प्रधानमन्त्रीको तजविजी अधिकार भएकाले छलफल नभएको एक मन्त्रीले बताए ।

यसअघि कुन्दन अर्याल प्रेस सल्लाहकार थिए । उनीसँगै प्रेस संयोजक चेतन अधिकारीले दिएको राजीनामा भने स्वीकृत भएको छ ।जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार डा. कुन्दन अर्याल, विकास विज्ञ घनश्याम भट्टराई, प्रेस संयोजक चेतन अधिकारी, फोटोग्राफर कृष्ण पौडेलको राजीनामा भने स्वीकृत भएको छ । पुनगर्ठित प्रधानमन्त्रीको सचिवालयमा १० जना छन् । यसअघि १४ जना थिए ।

प्रधानमन्त्रीको सल्लाहकारमा विष्णु रिमाल र परराष्ट्र मामिला सल्लाहकारमा राजन भट्टराई नै छन् । आर्थिक सल्लाहकारमा लालशंकर घिमिरे र विकास विज्ञमा गजेन्द्र थपलिया नियुक्त भएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width