आगलागी घटनाप्रति संघद्वारा दुःख प्रकट

आदर्श समाज सम्वाददाता
कार्तिक २२, २०७६
76762588_2298096400301936_1863800151861100544_o

लेखनाथ, २२ कात्तिक । पोखरा–२७, तालचोकमा रहेको लेकसिटी मिनी मार्केटमा विहिवार राती भएको आगलागीबाट लेखनाथ उद्योग वाणिज्य संघले दुःख प्रकट गरेको छ । व्यवसायिक फार्ममा भएको आर्थिक तथा भौतिक क्षतिप्रति संघले शुक्रवार एक विज्ञप्ति प्रकाशित गर्दै दुःख व्यक्त गरेको हो ।

आगलागीबाट संघका सदस्यहरु शुभकामना इलेक्ट्रिकल्स (प्रोपाइटर मनोज अधिकारी), लेकसिटी मिनी मार्केट (संचालक दयाराम तिवारी, कृष्णप्रसाद तिवारी, शोभाकुमारी तिवारी) र त्यहाँ संचालनमा रहेका अन्य सवै व्यवसायिक फार्महरुमा एक करोड रुपैयाँभन्दा वढीको क्षति भएको प्रारभिक अनुमान गरिएको छ ।

आकस्मिक रुपमा यस्ता आगजनीपूर्ण भवितव्य कुनै पनि समयमा हुनसक्ने भएका कारण पोखरा महानगरपालिकाको एउटा ठूलो भूभाग ओगटेको यस लेखनाथ क्षेत्रमा छुट्टै रुपमा दमकलको व्यवस्था गर्न पोखरा महानगरपालिकासँग संघले आग्रह गरेको छ । संघका अध्यक्ष बलराम ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगलागी पीडितलाई आआफ्नो क्षेत्रबाट सघाउन र यथोचित क्षतिपूर्तिको प्रवन्ध मिलाउन अनुरोध गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width