भ्रमण वर्ष सफल पार्न जुट्दै हुप्सेकोट

रामकुमार श्रेष्ठ
कार्तिक २२, २०७६
Hupsekot_Fotor

सेनवंशीय राजाका पालाको सेनवंशीय दरबार रहेको ऐतिहासिक गढी रुद्रपुर गढी। नेपालकै ठूलो फलाम खानी।

चौबीसैं घण्टा सरर हावा चल्ने धौवादीको डाँडा। हुप्सेकोट गाउँपालिकाको पर्यटकीय क्षेत्रमध्येका प्रमुख क्षेत्रहरु हुन्।

त्यतिमात्र नभएर हुप्सेकोटभित्र लोपोन्मुख जनवार घोरलको बासस्थान, होम स्टे, विभिन्न मन्दिर, लालीगुँरास पनि पर्यटक आकर्षित गर्ने प्रमुख थलोहरु हुन्।

यिनै क्षेत्र लक्षित गरी गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न विभिन्न कार्यक्रम सञ्चालन गर्न शुरु गरेको छ।

भ्रमण वर्षमा गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न गाउँपालिकाले स्थानीयस्तरबाटै प्रचारप्रसार तीव्र पारेको गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेले बताइन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको उपस्थितिमा गत भदौ १२ मा गाउँपालिकाबाट भ्रमण वर्ष अभियान थालनी गरिएको थियो।

गाउँपालिकाले मन्त्री भट्टराईको उपस्थितिमा ऐतिहासिक रुद्रपुरगढी पर्यटकीय क्षेत्र उद्घाटन, लालीगुराँस संरक्षित क्षेत्र घोषणा लगायत कार्यक्रम सम्पन्न गरिसकेको छ।

मन्त्री भट्टराईले इलामको कन्यामसँग तुलना गरेको मनमोहकस्थल देवचुली नगरपालिकाको दलदलेबाट २६ किमी र हुप्सेकोटको केन्द्र रहेको झ्यालबासबाट ४१ किमीमा पर्दछ। हुप्सेकोट गाउँपालिका पर्यटन वर्ष सफल पार्न विभिन्न कार्यक्रम योजना निर्माणमा व्यस्त रहेको अध्यक्ष लक्ष्मी पाण्डेले बताइन्।

हुप्सेकोट गाउँपालिका प्रचुर सम्भावना बोकेको गाउँपालिका भए तापनि सीमित श्रोतसाधनका कारणले काम अघि बढाउन नसकिएको भन्दै मन्त्रीको आश्वासनपछि भने योजना निर्माणमा लागेको अध्यक्ष पाण्डेले बताइन्। अहिले गाउँपालिकाले पहिचान नभएका ऐतिहासिक र पर्यटकीय क्षेत्रको पहिचान गर्न र पहिचान भएका पर्यटकीय महत्व बोकेका सम्पदा, स्रोत र स्थलको डीपीआरको काम दू्रतगतिमा अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लव न्यौपानेले जानकारी दिए।

उनले भने, ‘अहिले हामी पहिचान नभएका पर्यटकीयस्थल पहिचानमा र पहिलेदेखि पहिचान बोकेका स्थलको डीपीआरको तयारीमा छौं। ’ उनका अनुसार विकास निर्माणलाई उत्पादनसँग जोड्ने गाउँपालिकाको रणनीतिलाई सहयोग पुग्ने गरी नै पर्यटकीय क्षेत्रको पूर्वाधार विकासमा गाउँपालिकाले जोड दिएको छ।

गाउँपालिकाले अहिले सेवा लिन आउने सेवाग्राहीलाई आफ्नो ठाउँको पर्यटकीय क्षेत्रको परिचय दिन र पर्यटन वर्षको अपनत्व जनतामा बढाउन गाउँपालिका कार्यालयको प्रत्येक शाखाको नामाकरण गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको नामबाट गरेको छ।

गाउँपालिकाभित्र राजा रुद्रप्रताप सेनको रुद्रपुरगढी दरबार, शान्तिबाटिका, श्री पोखरी, जारेभञ्ज्याङ, पहारेबसेनी, कृष्ण ढुंगा, थुम्किदेवी मन्दिर, धौवादीको विन फेन, लालीगुराँस क्षेत्र, फलामखानी लगायत पर्यटकीयस्थल एवं सम्पदा रहेका छन् भने यिनैको नामबाट गाउँपालिकाको प्रत्येक शाखाको नामकरण पनि गरिएको छ।

प्रशस्त पर्यटकीय क्षेत्रको सम्भावना रहे पनि पर्यटकीय क्षेत्रसम्म पर्यटक जान बाटो नै प्रमुख समस्या छ।

त्यसका लागि गाउँपालिका आफैले बजेट विनियोजन गरी बाटो निर्माण गर्ने, संघीय र प्रदेश सरकारसँग बजेट माग गर्ने, पर्यटकीय क्षेत्रमा पूर्वाधार विकासका लागि फागुनमा लगानी सम्मेलन गर्ने लगायत योजना बनाएको जनाएको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width