पोखरा,३ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा गुरुङ र मगर भाषा अतिरिक्त कामकाजी भाषा बन्न सक्ने बताएका छन ।
पहिचानको मुद्दा समेट्न र भाषा संरक्षणमा भाषिक मुद्दा उठाईरहेका गुरुङ र मगर समुदायको भाषालाई कामकाजी भाषा बनाउन सकिने छ, मुख्यमन्त्री गुरुङले आइतवार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले दशै, तिहार, छठ र ल्होसार पर्वको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै भने– कामकाजी भाषा हुनका लागि गुरुङ र मगर भाषाको लिपी, व्याकरण लगायतका पक्षहरु पुरा हुनु पर्ने छ ।
संवैधानिक रुपमा प्रदेशमा ३ वटा भाषा राख्न सकिने व्यवास्थाको दृष्टान्त दिदै मुख्यमन्त्री गुरुङले भने–प्रदेश सरकारले त्यो भाषा प्रयोगमा ल्याउन सक्ने छ । मुख्यमन्त्री गुरुङले अन्य समुदायमा यसको यी भाषा प्रयोगमा ल्याउन खोज्दा भ्रम फैलाउने काम भएको गुनासो गरे ।
‘मैलें गुरुङ र मगर भाषा सिक्नुपर्ने भयो भनेर डराउनु पर्दैन’ उनले भने ‘गुरुङ मगर जान्ने समुदायले सरकारी कार्यलायमा, अदालतमा आफ्नो भाषा बोल्न पाउछन् भन्ने हो, अरु केही होइन’ उनले भने । आर्थिक, भाषिक र समाजिक रुपले असमान रहेको समाजमा समानताको अभ्यास गर्न नै मुलुक संघीय प्रणालीमा गएको भन्दै यसलाई पुरा गर्नु प्रदेश सरकारको दायित्व हो मुख्यमन्त्री गुरुङले भने ।
समान अवसरले नभई समान अवास्थाको अवसरले मात्र समावेशी विकासको सिद्धान्त पुरा हुने भन्दै उनले कामकाजी भाषाको व्यवास्थाले यसलाई सहयोग हुने विश्वास उनले व्यक्त गरे । पmरक प्रसंगमा उनले सरकारले दण्डहिनतालाई प्रश्रय नदिने पनि बताए ।
‘सभामुख, पूर्वमन्त्री र सांसदहरुलाई आरोप लागेपछि हामीले छानविनका लागि कुनै रोक लगाएका छैनौ, अरु कोही भए रोकिन्थ्यो होला, हिजोका व्यवस्थामा पनि यस्तो हुन्थ्यो होला’ उनले भने ‘तर यो लोकतन्त्र हो हामी लोकतन्त्रको सम्मान गछौ ।’ तर एक दुई जना आरोपित भएको भरमा अहिले सवै सांसद र नेताहरुलाई मुछ्ने काम मिडियाबाट भैरहेको प्रति उनले आपत्ति प्रकट गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१