प्रदेश राजधानीको टुङगो छिट्टैः मुख्यमन्त्री पोख्रेल

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७६
mukyamantri (1)

बुटवल ३१ भदौ । प्रदेश नम्बर पँंचका मुख्यमन्त्री शंकर पोख्रेलले यसै वर्ष प्रदेशको नामांकरण र राजधानीको टुंगो लाग्ने बताएका छन् ।

सरकार गठन भएको लामो समयसम्म पनि नामांकरण र केन्द्रको टुंगो लगाउन नसकेको आरोप लागिरहेका बेला मुख्यमन्त्री पोख्रेलले यसै वर्ष नै नाम र केन्द्र टुंगाउने दावी गरेका हुन् ।सबैलाई चित्त बुझ्दो ठाउ र नाम ल्याउनका लगि आफू लागिपरेको बताउदै उनले प्रदेशले नाम र केन्द्रको विषयमा ढिलै ग¥यो राम्रै ग¥यो भन्ने बनाउन आफूहरु लागिपरेको बताए ।

प्रेस संगठन नेपालले मंगलबार अर्घाखाँचीमा पत्रकार सम्मेलनमा बोल्दै मुख्य मन्त्री पोख्रेलले भने, ’स्वभाविक रुपमा यो वर्ष टुग्याउँछौं भनेका छौं । किनकी हामी एउटा विधि प्रक्रियाबाट अगाडि बढ्ने प्रयास गरेका छौं । हामीले प्रदेश सभामा एउटा समिति बनाएका छौ समितिले जिल्ला जिल्लामा गएर सुझाब संकलन गर्ने र त्यसको रिपोर्ट संकलन गर्ने काम सकिसकेको छ । त्यसपछि विज्ञको टिमले काम गर्दैछ । विज्ञको रिर्पोट आइसकेपछि दुबै रिपोर्टलाइ एकिकृत गरी प्रस्ताव प्रस्तुत गर्छौं । प्रदेश सभामा प्रस्तुत गरेर त्यसबाट टुंगाउन्छौं।’ प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रममा पनि २०७६ मा राजधानी र नामाकरणको टुङगो लगाउने उल्लेख गरेको उनले बताए । सबैको समानधारणा बनाएर अघि बढ्नका लागि केही समय ठिला भएको स्वीकार गर्दै उनले अव भने विलम्ब गर्ने पक्षमा सरकार नरहेको स्पष्ट पारे ।

संघीयताको कारण देश नै असफल हुन थाल्यो भनेर प्रचार गर्नेलाई उत्तर दिने वर्षको रुपमा पाँच नम्बर प्रदेश सरकारले काम गरिरहेको बताए । संघीयताले प्रशासनिक खर्च बढाए पनि समग्र जनताको खर्चमा कमीआएको छ । उनले भने,’ संघीयता जनताको लागि ल्याएको हो । विकासका काममा जनताको खर्च घटेको छ। त्यही नै संघीयताको मूल मर्म हो।’

प्रदेश पाँच सरकार कानून निर्माणमा सबै प्रदेशभन्दा अगाडि रहने गरी आफूहरुले कानुन निर्माण गरेको बताए । उनले विकास निर्माण र समृद्धिको दिशामा सरकार अगाडि बढेको बताए । दुई तिहाइको नेकपाको सरकार अधिनायकवाद छ भन्नेहरु पनि धेरै रहेको बताउँदै मुख्य मन्त्री पोख्रेलले नेकपा संविधानलाई मान्ने लोकतान्त्रिक जनआन्दोलनबाट अगाडी बढेको पार्टी भएकाले पाँच वर्षमा निर्वाचन गराएरै छाडने दाबी गरे ।

राजनीति जेजस्तो भएपनि विकास र समृद्धिमा सहकार्य सबै दलहरु बीच हुनुपर्ने बताए । अर्घाखाँची सँगसँगै प्रदेश पाँच सरकारकै गौरवको आयोजना हुनेगरी नौ मुरे जल विद्युत आयोजनाको काम अगाडी बढाउन आफूहरुले पहल थालेको बताए । केन्द्र सरकारसँग सहयोग मागेर प्रदेश सरकारले काम गर्न चाहेको बताउँदै काम गर्न केही समय लाग्नु बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width