भ्रष्टाचार मौलायो-नेता संग्रौला

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०७६
maxresdefault

बागलुङ, १३ भदौ । नेपाली कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको बताएकी छन् ।

संघ, प्रदेश र स्थानीय तहमा भ्रष्टाचार व्यापक रुपमा मौलाएको छ तर नियन्त्रण गर्ने कार्यमा कुनै निकायको ध्यान छैन । नेपाल प्रेस युनियन बागलुङद्वारा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा काँग्रेस नेता एवं संघीय सांसद डिला शर्माले भनिन् मन्त्रीपरिषद्को वैठक कुनै व्यापार र एनजीओ हैन, भिडियो कन्फ्रेन्स मार्फत मन्त्रीपरिषद् वैठक वस्नु गलत हो ।

प्रधानमन्त्रीले भ्रष्टाचारमा शून्य सहनसिलता भन्ने जताततै भ्रष्टाचार भइरहेको नेता संग्रौलाले बताए । अहिले ३३ केजी सुन पित्तल भएको वाइडबडी ,बुढीगण्डकी, मेलम्ची खानेपानी आयोजनामा ठूलो भ्रष्टाचार भएको उनको आरोप छ ।

सरकारी मिडिया सरकारको मुखपत्र भएका छन्, आस्थाको आधारमा पत्रकार हटाउने काम भएको छ, हिजो निर्वाचन हारेका कार्यकर्तालाई अहिले सरकारी नियुक्ति धमाधम दिने काम भइरहेको नेता संग्रौलाको भनाई थियो ।

नेपाल प्रेस युनियनका अध्यक्ष प्रदीप पन्तको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा स्वागत उपाध्यक्ष संगम घर्ती कार्यक्रम संचालन सचिव नारायण रिजालले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width