पोखरा, ८ भदौ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भरतपोखरी इकाई समितिद्वारा आज आयोजित खुल्ला तीज गीत प्रतियोगितामा तल्लो गगनगौडा आमा समूहले प्रथम स्थान हासिल गरेको छ ।
प्रतियोगितामा आदर्श दिदी बहिनी समूह द्वितीय र तोरी चौर आमा समूहले तृतीय स्थान प्राप्त गरेका छन् ।त्यस्तै अनुशासित आमा समूह र दिदी बहिनी आमा समूहले सान्त्वना स्थान प्राप्त गरे भने राधा कृष्ण दिदी बहिनी समूहले गरेको नृत्य उत्कृष्ट घोषित बन्यो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ११ हजार १११ रुपैयाँ, ७ हजार ७७७ रुपैयाँ, ५ हजार ५५५ रुपैयाँ र एक हजार ५०० रुपैयाँ सहित प्रमाणपत्र प्रदान गरियो । त्यस्तै उत्कृष्ट नृत्यलाई एक हजार १११ रुपैयाँ नगद सहित पुरस्कृत गरियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली काँग्रेसका नेता देबराज चालिसेले देशको बर्तमान बेथिती, अन्यया, अत्याचार लगायतका विषय गीतका माध्यमबाट प्रस्तुत गरिएको बताए । नेपाली समाजमा तीजको आफ्नै मौलिकता रहेको बताउँदै उनले यस्ता संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।
पोखरा महानगरपालिका वडा नं ३३ का अध्यक्ष शिवप्रसाद आचार्यले हाम्रा परम्परागत संस्कृतिलाई जगेर्ना गर्नुपर्ने बताउँदै अनावश्यक भड्कीलो बनाउने प्रबृतिको अन्त्य गर्नुपर्ने बताए ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान भरतपोखरी इकाई अध्यक्ष शंकर थापको अध्यक्षता एवम् सचिव रामप्रसाद ढकाल र श्रीधर आचार्यले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा निवर्तमान अध्यक्ष चेतबहादुर महत, भोजराज आचार्य, सरस्वती टीका माविका प्रधानाध्यापक नन्दलाल काफ्ले लगायतले शुभकानम व्यक्त गरेका थिए ।कार्यक्रममा कलाकारहरू मधु चापागाइँ, परशुराम अधिकारी लगायतले विभिन्न प्रस्तुती गरेका थिए ।
Related News
सम्बन्धित समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
सिजी मोटर्सको नयाँ शोरुम पोखरामा, टिटी ग्लोबलले थाल्यो बिक्री
रानाभाट/भाटलाई छुट्टै जातिमा सूचीकृत गरिने
२८ वैशाखदेखि फिल्म ‘खजुरे ब्रो’
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१