प्रगतिशील टोल विकास संस्थामा नरबहादुर

आदर्श समाज सम्वाददाता
भाद्र १, २०७६
narbahadur photo

पोखरा, १ भदौ । पोखरा–२२ चिसापानी स्थित प्रगतिशील टोल विकास संस्थाको तेश्रो साधारणसभा तथा प्रथम अधिवेशनले नरबहादुर खड्काको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।उपाध्यक्षमा डासुराम आचार्य सचिव शोभा बराल , सह–सचिव वीरबहादुर बराल (काजी) कोषाध्यक्ष शारदा खत्री छन्।

यसैगरी सदस्यमा लीला वि.क., मीमा पराजुली, ठमकुमारी बराल, विष्णु वि.क., सागर खड्का, खड्कबहादुर राना रहेका छन्।
प्रमुख अतिथि पोखरा महानरपालिका वडा नं. २२ का वडाध्यक्ष मित्रलाल बरालले टोलले नमूना र उल्लेखनीय कार्य गरेकोमा वडाको तर्फबाट प्रगतिशील टोललाई सदैव सहयोग गर्ने बताए।

कार्यक्रममा वडा सदस्य मातृकाप्रसाद बराल, नेकपा प्रदेश कमिटी सदस्य केशव पौडेल, वडा सचिव रामप्रसाद पौडेल ,समाजसेवी दुर्गाबहादुर बराल मिनबहादुर बास्तोला, फुसे्रखोला युवा क्लबका अध्यक्ष दिलबहादुर बराल लगायतले शुभकामना मन्तव्य राखेका थिए।

संस्थाका अध्यक्ष नरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको स्वागत उपाध्यक्ष नारायणबहादुर खड्का र सञ्चालन हेमराज बरालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width