काठमाडौं, ३२ साउन । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले फिल्ममा प्रवेश गरेको छोटो समयमा जुन ‘नेम र फ्रेम’ पाइन् त्यो साँच्चै लोभलाग्दो छ ।
फिल्ममा आफूलाई स्थापित गर्न उनले खासै संघर्ष गर्नु परेन । डेब्यू फिल्म ‘ड्रिम्स’ ले नै उनलाई करिअर फर्किएर हेर्नु नपर्ने अवस्थामा र्पुयायो । अहिले उनी नेपाली फिल्मकी सर्वाधिक महँगी र डिमान्डेड अभिनेत्री हुन् । उनलाई फिल्मलाई लिन मेकरबीच तानातान हुने गरेको छ ।
बोल्ड अभिनेत्रीको छवि बनाएकी साम्राज्ञी अरु अभिनेत्री जस्तो बग्रेल्ती फिल्म गर्दिनन् । वर्षमा उनको २ फिल्म प्रदर्शनमा आउँछन् । तर, निकै कम समयको अन्तरमा । गत वर्ष ‘कायरा’ र ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आएको थियो, डेढ महिनाको अन्तरमा । यस वर्ष पनि उनका दुई फिल्म ‘मारुनी’ भाद्र १३० र ‘रातो टिका निधारमा’ असोज १०० एक महिनाको अन्तरमा हलमा लाग्दैछन् ।
एकपछि अर्को फिल्म छोटो समयमा प्रदर्शनमा आउनु कलाकारको करिअरका लागि निको मानिन्न । यूट्युबमा फिल्म कुर्ने बानी बसेको अवस्थामा एउटै कलाकारको फिल्म महिनैपिच्छे हेर्न हलमा पुग्न दर्शकले जाँगर चलाउँदैनन् । फिल्मले हलमा दर्शक तान्न सकेन भने घाटा निर्मातासँगै कलाकारलाई पनि हुन्छ । तर, फिल्म रिलिज गर्ने अधिकार निर्माताको हातमा हुने हुँँदा कलाकार निरीह हुन्छन् ।
निर्माता/निर्माताबीचको व्यवसायिक द्वन्द्वमा फसेकी साम्राज्ञीलाई दुई फिल्म महिना दिनको अन्तरमा प्रदर्शनमा आउने भएपछि ठूलै चटारो सुरु भएको छ । दुई फिल्मको अहिले उनलाई एकसाथ प्रचार गर्नुपरेको छ । ‘मारुनी’ र ‘रातो टिका निधारमा’ दुबै फिल्मको फोरममा उनले दुबै फिल्मको चर्चा गर्न भ्याउँछिन् । दुई फिल्ममा आफूले करिअरको सबैभन्दा चुनौतीपूर्ण भूमिका निर्वाहा गरेको उनको भनाई छ ।
फोटो विवादले करिअर बचाउनै मुश्किल भइरहेको अवस्थामा साम्राज्ञीका लागि दुई फिल्मको व्यापारिक नतिजा निकै महत्त्वपूर्ण मानिएको छ । उनलाई आफ्नै काँधमा बोकेर फिल्म सफल बनाउन सक्ने अभिनेत्री भन्ने गरिन्छ । तर, ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ बाहेक उनका अन्य फिल्मले निर्माता बचाउन सकेका छैनन् ।
Related News
सम्बन्धित समाचार
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
hero news full width
मुख्य समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
वैशाख २३, २०८१पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
वैशाख २२, २०८१भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१