नैतिक शिक्षा सिकाउँदै नीलसागर

भोजराज भट्टराई
असार २, २०७६
photo nilsagar_Fotor

बाँकेमा मुख्य कार्यालय रही मानव सेवामा सक्रिय संस्था नीलसागरले व्यस्त जीवनशैली र पश्चिमा संस्कृतिको प्रभावले समाजमा पारिवारिक विचलन आउँदा मानसिक रोगीहरू बढेको जनजाएको छ। संस्थाले सामाजिक सद्भाव कायम गर्ने भन्दै समुदायमा मानव सेवा र नैतिक शिक्षाको माध्यमबाट सेवा दिदै आएको जनाएको छ। पाल्पामा पत्रकार सम्मेलन गरी मानव सेवाको पवित्र अभियान पाल्पामा पनि जेठ २ गते सोमबारबाट औपचारिक रूपमा सुरु हुने संस्थाले जनाएको हो।

संस्थाकी अध्यक्ष सरिता खनालले भनिन्, ‘मानवीय मूल्य र मान्यतालाई विसेर्र समाज स्वार्थी र भड्कीलो बन्दै गइरहेको छ जसका कारण समाजमा मानसिक रोगीहरूको संख्या दैनिक जसो बढ्दैछ। ’ उनले भनिन्, ‘नेपाली समाजका आजका पुस्ता सन्ततीका लागि असाध्यै ममता सहित स्याहार गर्छन् तर बुढेस लागेपछि तीनै सन्तान देश बाहिर बस्दछन् जसका कारण परिवारमा एक्लोपन हुँदा पनि अभिभावकहरू मानसिक रूपमा विचलित हुने गर्दछन्। ’ उनले कोही पनि नागरिक एक छाक खाना र नानाबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सडक बालबालिका, मानसिक रोगी र बेसहारा नागरिकको स्याहारमा संस्था निस्वार्थ रूपमा लागेको जनाइन।

‘हामी कुनै ठूलो बजेट भएर कार्यक्रम गर्न लागेका होइनौ’ खनालले भनिन्, ‘नेपाली समाजमा सवै मानसिक रूपमा स्वस्थ रहनु र पारिवारिक विचलन कसैमा नआओस् भन्ने हाम्रो आशा हो। ’ उनले पाल्पामा सहयोगी दाता र सरोकारवालाहरूको सहकार्यमा सेवा आरम्भ गरिने जनाइन।

यस्तै संस्थाका उपाध्यक्ष अमन नील सागरले सकभर कुनै व्यक्ति सडकमा आउन नपरोस् भन्ने चाहना राखी नीलसागरले सडकमा आएका नागरिकलाई सामान्य अवस्थामा ल्याइ परिवार र समाजमा पुर्नस्थापित गर्ने उद्देश्यका साथ संस्थाले कार्यक्रम अगाडि बढाएको बताए।

कार्यक्रममा जनप्रतिनिधि शशी श्रेष्ठले पाल्पामा मानव हितमा सक्रियका साथ लागेर पहिचान बनाएको संस्थाको आगमन हुनु पाल्पाको लागि गौरवको विषय भएको बताइन। उनले नगरपालिकासँग आवश्यक परामर्श गरी सहयोगी संस्थासँग सहकार्य गर्न आफ्नो क्षेत्रबाट सक्दो प्रयास गर्ने जनाइन। कार्यक्रममा सञ्चारकमीहरू संस्थाले भर्खर सेवा आरम्भ गर्न लागेकोले सफलताको शुभकामना दिदै सानातीना चुनौतीलाई सामना गर्दै निरन्तर सेवामा प्रतिवद्ध रहन सुझाव दिए। बाँकेमा प्रधान कार्यालय रहेको नीलसागर संस्थाका अनुसार विगत तीन वर्षदेखि असहाय, अशक्त, तथा जेष्ठ नागरिक र मनोरोजीहरूको उत्थानका काम गर्दै आएको छ। नीलसागर संस्थाले देशका विभिन्न ठाउँमाहरमा निस्वार्थ रुपमा काम गर्दै आएको र तीन वर्षको समयमा एक सय ५० जनाको उत्थान गरी घर पठाएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width