लमही, १ असार । दाङको राप्ती गाउँपालिका–४ मौरीघाटमा च्याउको बीउ उत्पादन केन्द्र सञ्चालनमा आएको छ ।
स्थानीयवासी दोर्ण जिसीले बहुउद्देश्य कृषि तथा च्याउखेती फार्म स्थापना गरी व्यवसाय सञ्चालन गरेका हुन् । दाङमै च्याउको बीउ उत्पादन गर्न थालिएपछि यस क्षेत्रका किसानलाई सहज हुने भएको छ । “यसअघि च्याउको बीउ ल्याउन जिल्ला बाहिर जानुपर्ने अवस्था थियो”, जिसीले भने “तर अहिले हामीले च्याउको बीउ उत्पादन गर्न थालेपछि दाङका सबैले यहीबाट लिने गरेका छन ।”
शिक्षक पेशामा आबद्ध जिसीले विसं २०६० देखि च्याउखेती शुरु गरेपनि भर्खरै मात्रै च्याउको बीउ उत्पादन शुरु गरेका हुन । उनले बीउ उत्पादनबाटै मासिक रु एक लाखसम्म आम्दानी गर्ने गरेको बताए। “यसअघि मैले च्याउ उत्पादन फार्म सञ्चालन गरेको थिएँ”, उनले भने “तर अहिले च्याउको बीउ पनि उत्पादन गर्ने गरेको छु, च्याउको बीउबाट मात्रै मासिक रु एक लाख जति आम्दानी हुने गरेको छ ।”
उनले जाडो मौसममा हुने विभिन्न जातका आइस्ट्रल च्याउ, बटम च्याउ र गर्मी मौसममा हुने दुधे च्याउको बीउ उत्पादन गर्ने गरेको बताए । एक हजार क्विन्टल गहुँको बीउबाट मासिक पाँच हजार पोका बीउ उत्पादन हुने जिसीको भनाइ छ ।
नेपालको नार्क र भारतको पन्तनगरबाट तीन महीनाको प्राविधिक ज्ञान हासिल गरेर च्याउको बीउ उत्पादन शुरु गरेको उनले बताए । उनले उत्पादन गरेको च्याउको बीउ दाङसहित प्यूठान, रुकुम, रोल्पा, सल्यान, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र धनगढीसम्मसमेत निर्यात हुने गरेको छ ।
जिसीको च्याउ फार्ममा अहिले तीनदेखि पाँच युवाले रोजगारीसमेत पाएका छन । स्वदेशमै राम्रो उत्पादन गर्न सकिन्छ भन्ने सोच बनाएर यो पेशा अङ्गालेको उनको भनाइ छ ।
Related News
सम्बन्धित समाचार
पोखराको नयाँ बजारमा सिजी मोटर्सको सोरुम, टिटी ग्लोबलले थाल्यो बिक्री
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
hero news full width
मुख्य समाचार
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१भलिबलमा अटल हिमाल
वैशाख २३, २०८१गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१