पोखरा, १९ वैशाख । देशका प्राय सबै भू–भागमा मौसम बदली भई हावाहुरी र पानी पर्ने पूर्वानुमान गरिएको छ ।
बंगालको खाडीबाट विकसित भएको शक्तिशाली चत्रवात ‘फानी’ तथा पश्चिमी वायुको प्रभावले बिहीबार साँझदेखि शनिबारसम्म नेपालको मौसम बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
बंगालको खाडीमा विकसित भएको शक्तिशाली चत्रवात ‘फानी’ शुक्रबार दिउँसोबाट नेपाल प्रवेश गर्ने अनुमान छ,’ मौसमविद्का अनुसार यसको असर पूर्व र मध्य नेपालमा बढी पर्ने देखिन्छ।
फानीको प्रभावले हावाहुरीसहित चट्याङ र वर्षा हुने अनुमान मौसमविद्को छ। हिमाली क्षेत्रमा हिमपात समेत हुन सक्ने बताइएको छ । बंगालको खाडीको दक्षिण पूर्वी भागमा विकसित भैइरहेको ‘फानी’ बिस्तारै उत्तर–पश्चिम दिशातर्फ अघि बढिरहेको छ। यसले भारतमा भने धेरै असर गर्ने अनुमान नेपालका मौसमविद्को छ।
शुक्रबार अपरान्हपछि नेपालमा पनि यसको असर देखिन सक्ने भएकाले सतर्क रहन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ। महाशाखाका अनुसार पश्चिमी वायुको कारण बिहीबार साँझदेखि शुक्रबार दिनभरी जसो नै नेपालको पश्चिम र मध्य क्षेत्रको मौसम बदली हुने छ। कतिपय ठाउँमा मेघगर्जन र हावाहुरीसहित बर्षा हुनेछ । बुधबार साँझ स्थानीय वायुको प्रभावले काठमाडौँ र पोखरा उपत्यकासहित तराई क्षेत्रमा हावाहुरीसहित सामान्य वर्षा भएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
hero news full width
मुख्य समाचार
पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१