चेपाङ वस्तीका बालबालिकालाई पोशाक

आदर्श समाज सम्वाददाता
वैशाख १८, २०७६
child chepang_Fotor

लमजुङ, १७ वैशाख। वेशीशहर नगरपालिका–११ को चेपाङ वस्तीका १२ जना बालबालिकालाई पोशाक र स्टेशनरी सामग्री वितरण गरिएको छ।

वेशीशहर नगरपालिका–८ मा केन्द्रीय कार्यालय रहेको जीवन सहारा साकोसले आफ्नो स्थापना दिवसका अवसरमा उक्त कार्य गरेको हो।

उनीहरुलाई विद्यालय पोशाक, कापी र कलम गरी प्रतिव्यक्ति एक एक हजार रुपैयाँ दरले १२ हजार रुपैयाँ बराबर सामग्री वितरण गरेको सो साकोसका सञ्चालक समिति अध्यक्ष विकास अधिकारीले बताए। उनका

ती चेपाङ समुदायको बासका लागि राम्रो ओत लाग्ने घरसमेत छैन। साँझ बिहान गाँसका लागि न त आम्दानीको कुनै भरपर्दो श्रोत छ न त आफ्नै नाउँमा कमाई खाने पर्याप्त जग्गाजमिन छ। उनीहरूको आर्थिक तथा शैक्षिक अवस्था दयनीय छ। चेपाङ वस्तीका मानिसहरू अधिकांशले ज्याला मजदुरी गरी साँझ–बिहान हातमुख जोर्ने गर्दछन्। ज्याला मजदुरी गरेर ल्याएको पैसाले खाने, लगाउने काम गर्ने कि बालबालिकालाई विद्यालय पठाउने भन्ने पिरलो हुने गरेको स्थानीय कोपिला चेपाङले बताइन्। आर्थिक अवस्था कमजोर भएर विद्यालय जान वञ्चित बालबालिकाको दैनिक स्थितिलाई मध्यनजर गरी बस्तीमै पुगेर विद्यालयको पोशाक र शैक्षिक सामग्री सहयोग गरिएको जीवन सहारा साकोसका प्रबन्धक धु्रव दनाईले बताए। उनका अनुसार सहकारी संस्थाले चेपाङ वस्तीमा पुगेर विद्यालय पोसाक र शैक्षिक सामग्री वितरण गरेको हो।

‘स्कूल जाँदा, घरमा बस्दा वा घुम्न जाँदा लगाउने कपडा सधैँ एउटै हो, ’ जनजागृति निमावि कक्षा–३ का सुवास चेपाङले भने। उनका अनुसार नुहाएपछि वा लगाएको कपडा धोए पछि फेर्ने लुगा नै छैन। चेपाङवस्तीका अधिकांश बालबालिकाको अवस्था हो यो। त्यस्तो अवस्थाका बालबालिकाले नयाँ पोशाक लगाएर विद्यालय जान पाउने भए पछि निकै खुसी देखिन्थे।

वेशीशहर नगरपालिका– ११, चिती बरबोट चेपाङटारमा १० र दोर्दी गाउँपालिका– ९, भीरकुनामा ४ घर गरी कुल १४ घर परिवार छन्।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width