पोखरा, १ वैशाख । पोखरा–१७, विरौटा स्थित रामेश्वर कृषि सहकारीको कार्यसमितिले अध्ययन अवलोकन भ्रमण गरेको छ ।
तनहुँ जिल्लाको ऐतिहासिक स्थान तनहुँसुरको अवलोकन भ्रमण गरेको हो । सहकारीका अध्यक्ष लक्ष्मण पोखरेल, सचिव शालिकराम भण्डारी, कोषाध्यक्ष माधब आचार्य, सहसचिव भोजराज आचार्य, ऋण समिति संयोजक तारानाथ आचार्य लगायतको समुहले स्थानीय अगुवा कृषक के.बि. थापाले गरेका सुन्तला र एवोकाडो खेतीको अवलोकन गरेका थिए ।
कृषक तथा होम स्टे संचालक थापाले लोकल कुखुरा, वाख्रा पाल्नुका साथै ५ सय भन्दा वढि सुन्तलाका विरुवा, सय भन्दा वढि एवोकाडोका विरुवा लगाएको बताए । उनले लामो समयको अध्ययन र अनुसन्धान पछि विषादी रहित सुन्तला खेती गर्न थालेको वताउँदै आफ्ना सन्ततीलाई पनि कृषिमा लाग्न प्रेरणा दिदैं आएको बताए ।
रामेश्वर कृषि सहकारीका अध्यक्ष लक्ष्मण पोखरेलले भ्रमण अत्यन्तै फलदायी भएको र सहकारीका सदस्यहरुलाई एक पटक समूहमा भ्रमणका लागि ल्याउने बताए । साथै उनले कास्कीको दक्षिण भेगका निर्मलपोखरी, कृष्तिको भौगोलिक अवस्था र तनहुँसुरको भौगोलिक अवस्था उस्तै रहेको बताए ।
Related News
सम्बन्धित समाचार
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१