डडेल्धुरा, २७ चैत । मङ्गलबार राति डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा २३ घाइते भएका छन् ।
कैलालीको अत्तरियाबाट बाजुरा जाँदै गरेको ना४ख ६८३६ नंको बस राति २ बजेको समयमा डडेल्धुराको अमरगढी नगरपालिका–११ सल्लाघारी धनघाट नजिकमा दुर्घटना हुँदा २३ घाइते भएका छन् ।
घाइतेमध्ये २२ को अवस्था सामान्य रहेको छ भने एक गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते कञ्चनपुर कृष्णपुरकी ६१ वर्षीया शान्ति दियालीलाई थप उपचारका लागि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । अन्यको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको बताइएको छ ।
बस अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ । नयाँ वर्ष तथा विशु पर्व मनाउन घर फर्केका यात्रु दुर्घटनामा परेका हुन् ।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१