पोखरा, २० चैत, नेपाल वार एशोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा भएको छ ।
पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका पोखरेलले ७८ मतले अग्रता लिएका छन् । इलाम, झापा र विराटनगरको मतगणना सकिँदासम्म प्रगतिशील समूहका श्रेष्ठले ८७ मतले अग्रता लिएका थिए ।
मंगलवार रातिसम्मको मत परिणाम अनुसार पोखरेलले १ हजार ४ सय ३१ र श्रेष्ठले १ हजार ३ सय ५३ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ । यसैगरी महासचिवमा पनि लोकतान्त्रिक समूहकै लीलामणि पौडेल प्रगतिशील प्यानलका सुरेन्द्र थापाभन्दा १३९ मत अन्तरले अगाडि छन् । पौडेलले १ हजार ४ सय ३२ र थापाले १ हजार २ सय ९३ मत पाप्त गरेका छन् ।
अब कैलाली, कञ्चनपुर, नेपालगञ्ज, सुर्खेत, दाङ घोराही र काठमाडौं उपत्यकाको मत गणना गर्न बाँकी छ । मत गणना बुधबार बिहान ९ बजेबाट पुनः शुरु भइरहेको छ ।
केन्द्रीय कार्यसमितिका लागि काठमाडौं उपत्यकाका साथै देशभरिका ३५ मतदान केन्द्रमा शनिबार मतदान भएको थियो । एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक महिला उपाध्यक्ष र सातै प्रदेशबाट एक–एक गरी आठ उपाध्यक्ष तथा १४ केन्द्रीय सदस्यका लागि निर्वाचन सम्पन्न भएको थियो ।
निर्वाचन समितिका अनुसार २५ सदस्यीय कार्यसमितिको लागि ६३ जनाले उम्मेदवारी दर्ता गराएका थिए । नेपाल वार एसोसिएसन अन्तरगत देशभर १० हजार तीन सय १३ मत खसेको थियो ।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१