स्टेप वाई स्टेप माविमा विदाई कार्यक्रम

आदर्श समाज सम्वाददाता
चैत्र १९, २०७५
5bed3649577f2

पोखरा, १९ चैत । स्टेप वाई स्टेप मावि मासवार पोखराले विज्ञान तथा ब्यवस्थापनका कक्षा १२ मा अध्यनरत विद्यार्थीलाई विदाई गरेको छ ।

कार्यक्रममा संस्थापक प्राचार्य निर्मला बरालले आउँदै गरेको बोर्ड परीक्षामा उच्च सफलताको लागि शुभकामना ब्यक्त गर्दै मेहेनत, लगनशीलता र समयको सही प्रयोगले नै विद्यार्थीलाई सफल बनाउने कुरा ब्यक्त गरिन् ।

शुभकामना ब्यक्त गर्दै संस्थापक निर्देशक रमाकान्त बरालले विद्यालयमा आर्जन गरेका ज्ञान र सीपलाई ब्यवहारमा प्रयोग गरी समाज र राष्ट्रको सेवा गर्न आग्रह गरे । कार्यक्रममा सह प्राचार्य दिपक गिरी , शिक्षक विमल देवकोटा लगायतले शुभकामना तथा विदाई मन्तब्य राखेका थिए ।

विदायित छात्रा प्रतिभा शर्माले स्टेप वाई स्टेप एक अब्वल विद्यालयको रुपमा पाएको बताइन् । उनले विद्यालयको भौतिक सुविधा, असल गुरुहरु र कुशल प्रशासनले गर्दा २ वर्षको समय उपलब्धी मूलक र सुखद रहेको बताइन् । उनले यो विद्यालय सदासदा मनमा रहने पनि बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै