काठमाण्डौं, ९ चैत । हेड्स नेपाल प्रदेश नं ३ समितिद्वारा शनिबार काठमाण्डौंमा आयोजना रक्तदान कार्यक्रममा ५५ यूनिट रगत संकलन भएको छ ।
हेड्स नेपालले यो ६० औंँ पटक आयोजना गरेको रक्तदान कार्यक्रम हो । रक्त संचार केन्द्र काठमाण्डौंको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ काठमाण्डौं साझा फूलवारी लगाएत बिभिन्न १५ वटा स्थानीय संघ सस्थाको सहयोग तथा सहभागिता रहेको थियो
कार्यक्रमका प्रमुख अतिथि हेड्स नेपालका केन्द्रीय अध्यक्ष ई. ईश्वरचन्द्र बानियाँले पहिलो रक्तदाता लायन्स क्लब अफ काठमाण्डौं साझा फूलवारीका सदस्य गीता कुमारी शर्मालार्ई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बानियाँले २०५० सालदेखि मानव समुदायको अभाव, आकस्मिकता र आवश्यकतामा असल साथी बन्दै आएको हेड्स नेपाल स्वास्थ्य, शिक्षा, कृषि र सामाजिक, आर्थिक बिकासका साथै प्राकृतिक बिपत तथा मानव जन्य दुर्घटनामा दिलोज्यानले आफ्नो क्षमता अनुसार मानवीय सेवा गर्दै आएको बताए ।
हेड्स नेपाल प्रदेश नं ३ का अध्यक्ष राजेन्द्र प्रसाद अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा हेड्स नेपालका प्रमुख संस्थापक प्रतापराज वन्त, संस्थाका वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव रामकृष्ण धरेल हेड्स नेपाल प्रदेश नं ३ का सचिव मदनकुमार जोशी लगायतले आ–आफ्नो भनाई राखेका थिए ।
Related News
सम्बन्धित समाचार
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१