स्वतन्त्र पत्रकार संघ नेपाल दाङमा गौतम

आदर्श समाज सम्वाददाता
फागुन २०, २०७५
Swatantra Patrakar_Fotor

घोराही, १९ फागुन ।स्वतन्त्र पत्रकार संघ नेपाल दाङको अध्यक्षमा भुवन गौतम चयन भएका छन् । संघको आइतबार घोराहीमा भएको प्रथम अधिवेशनले गौतमको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा अनिल अधिकारी, सचिवमा जितसागर जीएम, सह–सचिवमा कमला शर्मा, कोषाध्यक्षमा शरद रिजाल छन् । त्यस्तै, संघको सदस्यहरुमा अंकित डिसी, कृष्ण चौधरी, उदिराम चौधरी, पनिता दाहाल छन् ।

अधिवेशनले केन्द्रीय पार्षदमा केबी मसाल, बंशीकुमार शर्मा र मदनकुमार आचार्यलाई चयन गरेको छ । त्यस्तै, प्रदेश पार्षदमा बिष्णुकुमार देवकोटा, सन्तराज भट्ट र सुनिलकुमार देवकोटा छन् ।

यसैबीच, स्वतन्त्र पत्रकार संघ नेपाल दाङको प्रथम साधारणसभा तथा अधिवेशन आइतबार घोराहीमा सम्पन्न भएको छ । संघका अध्यक्ष भुवन गौतमको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा प्रथम साधारणसभा तथा अधिवेशनको उद्घाटन कार्यक्रम भएको हो ।

अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेलले राज्यले मिडिया तथा पत्रकारलाई फराकिले दृष्टिकोणले हेर्न नसकेको बताए। उनले पत्रकार र मिडियाले राज्यलाई सहयोग गरेको भएपनि राज्यले पत्रकारिता जगतलाई सहयोगमा कन्जुस्याइँ गरेको बताए ।

कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले पत्रकारले स्वतन्त्र रुपमा कलम चलाउन सकेमात्रै सत्य तथ्यखबर बाहिर आउने बताए । कार्यक्रममा संघका केन्द्रीय महासचिव नवराज पहाडी, केन्द्रीय कोषाध्यक्ष बिरेन्द्र पाण्डे, केन्द्रीय पार्षद डीआर सुमन, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्य, नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष सुवेदी, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य शुलोचना गौतम, राप्रपा दाङका अध्यक्ष नरेशजंग राना, नेपाल तरुण दलका अध्यक्ष टिका घर्ती, पत्रकार निरजा पोखरेल, मिना गिरीले बोलेका थिए । कार्यक्रमको सहजीकरण बंशीकुमार शर्माले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width