बाग्लुङमा इलाका प्रशासन कार्यालय माग

रासस
फागुन १५, २०७५
ba


बागलुङ, १५ फागुन । बाग्लुङ जिल्लाको गलकोटमा इलाका प्रशासन कार्यालय राख्नुपर्ने माग गरिएको छ । नागरिकता, राहदानी, मालपोत र नापीसम्बन्धी सेवा प्रवाहका लागि कार्यालयको माग गरिएको हो ।

जनप्रतिनिधि, राजनीतिक दल, सामाजिक अगुवालगायतले कार्यालय स्थापना गर्न पहल थालेका छन् । दबाब र समन्वयका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता फमलाल न्यूरेको संयोजकत्वमा सात सदस्यीय सर्वदलीय समिति गठन गरिएको छ ।

समितिले गृहमन्त्रालयलगायतका निकायमा कार्यालय स्थापनाका लागि माग अघि बढाउने संयोजक न्यूरेले बताए । “सर्वपक्षीय छलफल र निर्णयपछि माग लिएर केन्द्रमा जान्छौँ”, उनले भने “सबै पक्षबाट पहल र सहयोग आवश्यक छ ।”
गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र तोकेर कार्यालय स्थापना गर्नुपर्नेमा समितिको जोड छ । स्थानीय तहमा नागरिकता, राहदानी, मालपोत र नापीसम्बन्धी सेवा उपलब्ध छैन ।

गलकोट क्षेत्रका सर्वसाधारण नागरिकता बनाउन अहिले पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । प्रशासनिक सेवाको सहजताका लागि इलाका प्रशासन कार्यालय जरुरी रहेको गलकोट नगरपालिका–३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए ।
कार्यालय स्थापना भए सदरमुकामदेखि ४५ किमीको दूरीमा रहेको गलकोट र आसपासको क्षेत्रका बासिन्दा लाभान्वित हुनेछन् । जिल्लाको पश्चिम बुर्तिवाङमा एकीकृत सेवा केन्द्रमार्फत नागरिकता, राहदानीजस्ता सेवा उपलब्ध भइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width