१. नेपाली भाषाको उन्नयनका लागि विशिष्ट योगदान पुर्याएका भाषा वैज्ञानिक प्राध्यापक बालकृष्ण पोखरेलको आइतवार विराटनगरमा निधन भयो । उनी ८६ वर्षका थिए । उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । उनको निधनबाट नेपाली भाषाविज्ञानको फाँटमा अपूरणीय क्षति भएको छ ।
२. उनले कथा, कविता लेखे, नाटक र निबन्ध लेखे, समालोचन र अनुसन्धानात्मक कृतिहरु छन् । त्यति मात्र होइन, उनले नेपाली बृहत् शब्दकोष निर्माणमा पनि उत्तिकै योगदान पुर्याएका थिए । उनले विभिन्न छद्म नामबाट पनि साहित्यिक रचनाहरु प्रकाशित गर्ने गर्दथे ।
३. एकताका नेपाली साहित्यमा चर्चित झरोर्वादी आन्दोलनका उनी अगुवा थिए । उनले पाँच दशकभन्दा लामो समय अध्ययन र अन्वेषण गरी ७५ हजार शब्दको “नेपाली– अंग्रेजी– नेपाली– कोष” प्रकाशित गरेका थिए । उनले नेपाली भाषको स्थलगत अनुसन्धान र अन्वेषण गरेर त्यसको काल विभाजनसमेत गरेका थिए ।
४. उनले विराटनगरको महेन्द्र मोरङ कलेज र त्रिभुवन विश्व विद्यालयमा प्राध्यापन पनि गरे । उनी अहिलेका भाषा विशेषज्ञहरुका रुपमा चिनिएका प्रध्यापकहरुका पनि गुरु थिए । उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेर पनि सेवा गरे । उनी त्यस प्रतिष्ठानका आजीवन सदस्य थिए । प्रतिष्ठानमा रहेर उनले भाषाको क्षेत्रमा उल्लेख्य काम गरेका थिए ।
५. नेपाली भाषा स्वतन्त्र भाषा हो । यसको स्वतन्त्रताको रक्षार्थ उनले अथक परिश्रम गरेका थिए । अंग्रेजीवाजले नेपालीभाषामा अंग्रेजी शब्द घुसाउँदा स्तरीय देख्दथे भने हिन्दी भाषामा अभ्यस्तहरुले हिन्दी भाषा घुसाउन चाहन्थे । त्यस्तै संस्कृत भाषाप्रेमीहरुले साहित्यमा मिठास ल्याउने भन्दै संस्कृतका शब्दहरुको अत्यधिक प्रयोग गर्ने गर्दथे । तर प्रा.पोखरेलले ती सबैलाई अतिक्रमण भन्दै त्यसको विरोध गर्ने गर्दथे ।
६. नेपाली भाषाको अन्वेषण गर्ने क्रममा उनी कर्णाली प्रदेश पनि पुगी उनले १४ वर्ष लगाएर खस जातिको इतिहास लेखे । त्यहाँ प्रचलित खस भाषा, सामाजिक चलन, चल्ल र मल्ल राजाहरुको पालामा त्यहाँ भएको बुद्ध धर्मको प्रचार र त्यसका अवषेशहरु देखे । उनले आफनो पाँचसय वर्ष भन्ने कृतिमा त्यसको राम्रो र विस्तृत व्याख्या गरेका छन् ।
७. प्राध्यापक पोखरेल नेपालीभाषाका एक रत्न नै मानिन्छन् । उनको तुलनात्मक अध्ययनले साहित्य र भाषामा नयाँ प्रकाश पारेका छन् । त्यसले आगामी दिनहरुमा पनि राम्रो दिग्दर्शन गनेर्छ । त्यस्ता भाषा सेवक मात्र होइन, भाषा वैज्ञानिकलाई गुमाउनु यस क्षेत्रका लागि ठूलो क्षति हो । उनी भाषाविज्ञानको क्षेत्रमा अविस्मरणीय रहिरहनेछन् ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
वैशाख २५, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१