खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित

रासस
फागुन ६, २०७५
Beni-bajar


म्याग्दी, ६ फागुन । म्याग्दीको मङ्गला गाउँपालिका–१ थाइवाङ र २ तल्लो डडुवामा निर्माण भएको खानेपानी आयोजनाबाट डेढ सय घरधुरी लाभान्वित भएका छन् ।

पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएका दुई वटै आयोजनाबाट १३२ घरधुरी लाभान्वित भएका हुन् । ७२ लाख ५८ हजारको लगानीमा निर्माण भएको पञ्चासे ओखरबोट खानेपानी आयोजनाबाट थाइवाङका ८५ घरधुरी लाभान्वित भएको उपभोक्ता समितिले जनाएको छ ।

तल्लो डडुवाका ४७ घरधुरी लाभान्वित धोबीखोला खानेपानी आयोजना निर्माणमा रु ४७ लाख ५० हजार लगानी भएको छ । फिनल्याड र नेपाल सरकार तथा मङ्गला गाउँपालिकाको अनुदान र उपभोक्ताको श्रमदानमा आयोजना निर्माण भएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

नेपाल सरकारको २८ लाख , फिनल्याड सरकारको १५ लाख ७५ हजार , मङ्गला गाउँपालिकाको सात लाख ३३ हजार , उपभोक्ताको ७३ हजार लगानी रहेको पञ्चासे ओखरबोट आयोजना निर्माणका लागि उपभोक्ताले २१ लाख ४८ हजार बराबरको श्रमदान गरेका छन् ।

नेपाल सरकारको १८ लाख ७२ हजार , फिनल्याण्ड सरकारको १० लाख ४७ हजार , मङ्गला गाउँपालिकाको रुचार लाख ७५ हजार ६८ अनुदान रहेको धोबीखोला योजना निर्माणका लागि उपभोक्ताले १३ हजार ४७ लाख श्रम तथा रु ४७ हजार नगद योगदान गरेका छन् ।

निजी धारामार्फत घरघरमै खानेपानी सुविधा भएपछि स्थानीयवासीलाई सुविधा, पानीको जोहो गर्न लाग्ने समयको बचत र सरसफाइमा सहज भएको तल्लो डडुवाकी श्रीकला अर्मजाले बताइन् । यसअघि सार्वजनिक धारा, कुवा र पँधेराको पानी उपभोग गर्दै आएका थिए । आयोजनाको दिगो सञ्चालनका लागि सबै उपभोक्ताको घरमा मिटर जडान गरी मासिक शुल्क सङ्कलन गर्ने व्यवस्था मिलाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width