काउन्सिलले ‘क’ वर्गका पत्रिका अनुगमन गर्ने

रासस
माघ २५, २०७५
press-council-nepal-1024×489

काठमाडौँ, २४ माघ । प्रेस काउन्सिल नेपालले प्रदेश ३ अन्तर्गत ‘क’ नम्बरमा वर्गिकरणमा परेका विभिन्न पत्रपत्रिकाको अनुगमन गर्ने भएको छ।

काउन्सिलले प्रदेश नम्बर ३ का काठमाडौँ, ललितपुर र भक्तपुरबाहेक १० जिल्लाका पत्रपत्रिकाको अनुगमन गर्न लागेको काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सूचना अधिकारी दीपक खनालले जानकारी दिए।

“यो अनुगमन प्रेस काउन्सिलले गर्ने स्वअनुगमन हो, आचारसंहिता अनुगमन छापा शाखा आफैँले जिम्मेवारीबोध गरी यस्तो अभियान गर्न लागेको हो”, उनले भने। सूचना प्र्रविधि/अभिलेख/आचारसंहिता अनुगमन (विद्युतीय) र आचारसंहिता अनुगमन (छापा) शाखाका संयोजकसमेत रहनुभएका खनालले यसका लागि निश्चित मापदण्ड बनाइएको बताए। उनका अनुसार यसका लागि अनुगमनको क्षेत्र, अनुगमन गर्ने मिडिया, अनुगमनको चरण, प्रदेश छनोट विधि, अनुगमनका आधार, तथ्य सङ्कलन विधि र तथ्य वर्गीकरणको आधार तयार गरिएका छन्।

सात प्रदेश र काठमाडौँ उपत्यकाभित्रका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) लाई अनुगमनको क्षेत्र तोकिएको छ भने अनुगमनका चरण आठवटा रहेका छन्। अनुगमन गर्ने मिडियाभित्र सातै प्रदेशका पत्रपत्रिका रहेका छन्। पहिलोचरणमा सम्भाव्य वा संयोग नमूना छनोट विधिअन्तर्गतको गोलाप्रथा विधि प्रयोग गर्दा प्रदेश नम्बर ३ चयन भएको हो।

२०७३/०७४ सालको पत्रपत्रिका वर्गीकरणको नतिजामा ‘क’ वर्गमा परेका पत्रपत्रिकालाई अनुगमनको आधार बनाइएको छ। यस्तै अनुगमनका लागि काउन्सिलमा पर्याप्त जनशक्ति नभएको हुँदा उक्त अनुगमन तत्काल सर्वेक्षण विधिका आधारमा मात्रात्मक र गुणात्मक तरिकाद्वारा गरिने छ। पत्रकार आचारसंहिता–२०७३ मा उल्लिखित पत्रकार र सञ्चारमाध्यमले गर्न हुने र गर्न नहुने बुँदालाई मार्गदर्शन बनाई अनुगमन गरिने खनालले बताए।

उनले भने, ‘पहिलोचरणको अनुगमन सकिएपछि दोस्रो चरणमा गोलाप्रथाकै आधारमा अर्काे प्रदेशको अनुगमन शुरु गर्नेछौँ। आठै चरणमा अनुगमनको काम सकिएपछि पुनः नियमितरुपमा दोस्रो चरणमा ‘ख’ वर्गको अनुगमनको काम शुरु हुनेछ।’

प्रदेश ३ का रामेछाप र रसुवाबाहेकका जिल्लामा साप्ताहिक, पाक्षिक, मासिक, द्वैमासिक, त्रैमासिक गरी ‘क’ वर्गका २७ वटा पत्रपत्रिका छन्।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width