पुतलीबजारको चौथो नगरसभा

आदर्श समाज सम्वाददाता
माघ २४, २०७५
4 nagar_Fotor

स्याङ्जा, २३ माघ। पुतलीबजार नगरपालिकाको चौथो नगरसभा बुधवार सम्पन्न भएको छ। नगरसभामा बोल्दै नगरप्रमुख सीमा क्षेत्रीले चालु आर्थिक वर्ष २०७५/०७६ का लागि नगरसभाबाट पारित नीति तथा कार्यक्रमबारे जानकारी गराइन्।

नगरप्रमुख क्षेत्रीले पुतलीबजार नगरबासीको रोजगारी एवं विकासको आधार बनाउने नीति अनुरुप नगरलाई सुन्तला एवं उज्यालो शहरका रुपमा विकास गर्न आवश्यक कार्यक्रम संचालनगर्ने, युवालाई तालिम, शीतभण्डार निर्माणमा तीव्रता, विभिन्न धार्मिक एवं ऐतिहासिक, पर्यटकीय क्षेत्रको विकास, प्याराग्लाइडिङको गन्तब्य, नागडाँडामा श्रवणकुमारको मूर्ति स्थापनालाई प्रमुख प्राथमिकतामा राखेको बताइन् ।

उनले व्यवस्थित ढल निकास एवं सबैलाई खानेपानीको पहुँच, बसपार्कको स्तरोन्नति, आँधीखोला करिडोर निर्माण, सबै वडामा बिजुली एवं इन्टरनेटको पहुच, फोहोरमैलाको उचित व्यवस्थापन, पुतलीबजार नगरपालिका ४ मा भ्यू टावर निर्माणको योजना पनि रहेको बताइन् । आर्थिक वर्ष २०७५/०७६ को पुस मसान्तसम्म ७३ प्रतिशत योजना सम्झौंता भएको र सम्झौंतामध्ये १९ प्रतिशत योजना सम्पन्न भएको जनाएको छ।

आर्थिक वर्ष शुरुको ६ महिनामा नगरपरिषद मार्फत पारित वडास्तरीय ४ सय ४६ योजनामध्ये ३ सय २७ वटा योजना सम्पन्न भएका र ६३ वटा योजना सम्पन्न भएका छन्।

यसैगरी, नगरस्तरीयतर्फ एक सय ८६ मध्ये १ सय ४५ (७७ प्रतिशत) सम्झौता भएका छन् भने ४१ वटा योजना सम्पन्न भएका छन् । नगर गौरवका १५ वटा योजना मध्ये ५ वटा योजना सम्झौता भई कार्यान्वयन चरणमा रहेको प्रमुख क्षेत्रीले जानकारी दिइन्। नगरपालिकाको आन्तरिक र बाह्यस्रोतबाट ८ करोड ५२ लाख ७० हजार मध्ये ३ करोड ५१ लाख २७ हजार खर्च भएको छ। नगरको आन्तरिक राजश्वतर्फ २ करोड ५२ लाख ७० हजारको लक्ष्यमा एक करोड ४९ लाख ३ हजार आम्दानी भएको उपप्रमुख महेश पुरीले बताए। चालु आर्थिक वर्षमा नगरको बजेट २७ करोड २० लाख मध्ये चालुतर्फ ८ करोड ५२ लाख र पुँजीगततर्फ १८ करोड ६७ लाख रकम बिनियोजन गरेको थियो।

आर्थिक विकास, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, सार्वजनिक सेवा, सुशासन तथा क्षमता विकास, वातावरण तथा विपद् व्यवस्थापनका क्षेत्रलाई समेटेर विविध कार्यक्रम संचालन भैरहेको जनाउँदै नगरपालिकाको अर्धवार्षिक गतिविधिबारे लेखा समितिका संयोजक रविविक्रम केसीले जानकारी गराएका थिए।

नगरसभाले नगर शिक्षा ऐन, २०७५ र सहकारी ऐन, २०७४ लाई केही संशोधन सहित पारित गरेको विधायन समिति संयोजक ख्यामनारायण अधिकारीले बताए।

Related News

सम्बन्धित समाचार

  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…
  • बुढ्यौलीमा भेडीगोठ मोह

    धनबहादुर गुरुङ वैशाख १६, २०८१
    पोखरा । डोको, नाम्लो, पेरुंगो, ठेकी, बख्खु, भकारी अनि लालीगुराँसले सजिएको भेडी गोठको भोटे कुकुरले सुरक्षा गरिरहेको छ । भित्र…

hero news full width