पोखरा, १४ माघ । पर्वत कुश्मास्थित रेडियो दिदीबहिनीको नवौं वार्षिकोत्सव अवसरमा ११ औं गण्डकी प्रदेशस्तरीय महिला महोत्सव गरिने भएको छ ।
पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ २५ देखि फागुन ५ गतेसम्म महोत्सव हुने जानकारी दिइएको हो ।
महिला सशक्तिकरणसँगै कला, संस्कृतिको संरक्षण र घरेलु वस्तु प्रवद्र्वन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेडियो दिदीबहिनीकी अध्यक्ष कल्पना चापागाईले बताईन् ।
महोत्सवमा ज्येष्ठ नागरिक, अनाथ बालबालिका, एकल महिला, अपाङ्गता महिला र महिला उद्यमीलाई सम्मान गरिने छ ।
महोत्सव आकर्षणमा साङ्गीतिक प्रस्तुति, बालउद्यान र रमाइलो मेला रहने छन् । महोत्सवकै अवसर पारेर पर्वतका सात वटा पालिकामा निःशुल्क स्वास्थ्य शिविर समेत गरिने छ ।
महोत्सवमा तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता गरिने छ ।
सो प्रतियोगिताका लागि प्रथम पुरस्कार दुई लाख, द्वितीय पुरस्कार एक लाख र तृतीय पुरस्कार ५० हजार रुपैयाँ व्यवस्था गरिएको छ ।
महोत्सवमा रत्यौली प्रतियोगिता, भजन प्रतियोगिता, दिदीबहिनी डान्स आइडल, खुला दौड प्रतियोगिता र र्याली तथा झाँकी प्रतियोगिता गरिने छ ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१