पेमा छाल गुम्बामा भज्रकिलाया पूजा

आदर्श समाज सम्वाददाता
माघ १५, २०७५
hemja pema chhal gumba progrem photo_Fotor

हेमजा, १४ माघ। हेमजा याम्दीस्थित पेमा छाल शाक्य गुम्बामा सोमवारदेखि भज्रकिलाया (देवताको नाम) महापूजा शुरु भएको छ।

२१४६ औं माटो सुँगुर ल्होसार अवसरमा शुरु पूजा एक हप्तासम्म चल्नेछ।

जसमा लामा पूजारी खेन्पो जाम्पा ढाक्पा तथा लोपोन नवाङ ढाक्पाले सहजीकरण गरिरहेका छन्।पूजामा गुम्बामा अध्ययनरत ७० जना लामा भिक्षु साथै अमेरिका ओहायोबाट स्टेफेन हायेसको नेतृत्वमा आएको ६ सदस्यीय टोली पनि सहभागी छ।

प्राणीहरुको सुःस्वाथ्य, शान्ति, एवं समृद्घिका लागि विगत वर्षदेखि नै पूजा गरिँदै आइएको गुम्बा व्यवस्थापन समिति महासचिव लोब्साङ छिरिङले जानकारी दिए। कुनै रोकावट नष्ट गर्न तथा ग्रहशान्तिका लागि पूजा फलदायी बन्ने विश्वास गरिएको छ।

बिहान ६ बजेदेखि दिउँसो साढे ४ बजेसम्म दैनिक पूजा हुने व्यवस्था मिलाइएको छ। अन्तिम दिन माघ २० गते भज्रकिलाया मुकुट नृत्य पनि देखाइने भएको छ। गुम्बामा यतिबेला मुस्ताङ, कास्की, रसुवा, सिन्धुपाल्चोक, धादिङ, ओखलढुङगा, डोल्पा, चितवन साथै दार्जलिङका एक सय २० जना लामा भिक्षुले बौद्घ शिक्षा लिइरहेका छन्।

Related News

सम्बन्धित समाचार

  • मधेशका सभामुखको टोली महेन्द्रगुफामा

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । पोखरा भ्रमणमा रहेका मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रसिद्घ महेन्द्र गुफाको अवलोकन गरेका छन् । गण्डकी प्रदेश सभाको…
  • प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । एड्स रोग नियन्त्रण संघ कास्कीको आयोजनामा चलचित्र प्रदर्शन, सहयोग हस्तान्तरण तथा श्रद्धाञ्जली सभा भएको छ । संघले साहित्यकार…
  • कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । मानव अधिकार तथा कैदीबन्दी न्यायिक सरोकार मञ्च नेपाल संस्थाको केन्द्रीय सदस्यमा पोखराका नलबहादुर गुरुङ मनोनित भएका छन् ।…
  • आगोलागी नियन्त्रणसम्बन्धी सचेतना

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पृथ्वीचोकको आयोजनामा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङबाट प्रहरी निरीक्षक बाबुराम…
  • पोखरा ६ मा साबुन बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन बनाउने ५ दिने मंगलबार तालिम सकिएको छ । तालिममा…

hero news full width