प्रदेश मन्त्रीले सचिवलाई कुटे

आदर्श समाज सम्वाददाता
पौष ३०, २०७५

धनुषा, २९ पुस। प्रदेश–२ का आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गरेको आरोप लागेको छ। मन्त्री यादवको नजिकको संस्था कार्यक्रमका लागि छनोटमा नपरेको हुँदा उनले आफूलाई कुटपिट गरेको आरोप सचिव झाले लगाए।  सचिव झाले भने, ‘उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत संचालन हुन लागेको गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम (मेडपा)का लागि गैरसरकारी संस्थालाई छनोट गर्नुपर्ने प्रारम्भिक सूचीमा मन्त्री यादव नजिकको संस्था नपरेकाले उनले आफ्नो कार्यकक्षमा बोलाएर मेरो गालामा झापड हान्नुभयो ।’

सचिव झाले आफूले लगेको फाइल र डायरीसमेत मन्त्री यादबले खोसेको आरोप लगाएका छन्। मन्त्री यादवले आफ्नो नजिकको संस्थालाई छनोट गरिदिनका लागि दबाब दिँदा आफूले नमानेको र ती संस्था छनोट सूचीमा नपरेका कारण मन्त्रीले मलाई कुटपिट गरेको सचिव झाको भनाइ छ। सचिव झालाई मन्त्रीले कुटपिट गरेको भन्दै कर्मचारीले मन्त्री बस्ने मुख्य ढोकामा नै धर्ना दिएका थिए । कर्मचारीको धर्नाबाट मन्त्री कोठामै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Related News

सम्बन्धित समाचार

  • गण्डकीका ४ सय ६७ स्थानमा डढेलो   

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    गण्डकी। गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार…
  • बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी निर्वाचित भएका छन् । उनी ११ हजार…
  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…

hero news full width