लेखनाथ, २५ पुस। पोखरा ३२, गगनगौंडामा रहेको गोगन माविले बुधवार विविध कार्यक्रमका साथ ५० औं वार्षिकोत्सव मनाएको छ।
कार्यक्रम उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञान र प्रविधिको आजको युगमा सामुदायिक विद्यालय पनि समयानुकूल अगाडि बढ्नु पनेर्मा जोड दिए । उनले नमूनाको रुपमा रहेको गोगन माविले ल्याएका योजनामा महानगरपालिकाको सहयोग रहने प्रतिबद्धता जनाएका थिए।
विद्यालयको शैक्षिक गुणस्तरका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउँदै विद्यार्थीका लागि ब्यवहारिक र प्रयोगात्मक ज्ञान दिने खालको पाठयक्रमलाई अगाडि बढाउनु पर्ने सुझाव राखेका थिए।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वडाध्यक्ष अक्कलबहादुर कार्की, विद्यालय निरीक्षक विश्वराज आचार्य, व्यवस्थापन समितिका पूर्व अध्यक्ष खेमराज अधिकारी, चन्दादाता बुद्धिमान गुरुङ, अभिभावक किसान परियार, विद्यार्थी स्माइल भण्डारी र बविता भण्डारी लगायतले आ–आफ्नो धारणा राखेका थिए।
विद्यालयका प्रधानाध्यापक मोहनराज बरालले वार्षिक प्रतिवेदन र भावी योजनाबारे जानकारी गराएको सो कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य पार्वती गुरुङ, नारायणप्रसाद बराल, मीना गुरुङ र ईन्द्रबहादुर भुजेललाई सम्मान गरिएको थियो।
यस्तै पूर्व प्रधानाध्यापक डम्बरप्रसाद पौडेललाई विद्यालयको शैक्षिक तथा भौतिक उन्नतीका लागि सहयोग पुर्याएकोमा कुशल प्रशासकका रुपमा सम्मान गरियो ।
सोही अवसरमा पूर्व प्रअ चन्द्रवती पौडेल, निर्वतमान प्रअ सूर्यमणि पौडेल तथा शिक्षक लक्ष्मण विजयपतिलाई दीर्घसेवा पदकले सम्मान गरिएको थियो।
वार्षिककोत्सव अवसरमा शिक्षक शकुन्तला सोती र सुरेन्द्र लामिछाने तथा कर्मचारी रेश्मा थापालाई चन्द्ररत्न स्मृती अक्षयकोष पुरस्कार प्रदान गरिएको थियो भने विद्यार्थी आशा पौडेल, अनिता न्यौपाने र गणेश गुरुङलाई कविराम गुरुङ अक्षयकोषद्वारा पुरस्कृत गरिएको थियो।
विविध सांस्कृतिक कार्यक्रमका साथ शुरु कार्यक्रमको संचालन शिक्षक झलकराज पौडेल र गीता थापाले गरेका थिए।
विद्यालयमा हाल १४ सय बढी विद्यार्थी अध्ययनरत छन्।
Related News
सम्बन्धित समाचार
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
नेपालकै ठूलो ‘हटमिक्स प्लान्ट’ बाट कालोपत्रे गरिँदै
कांग्रेस गण्डकीको भवन असोज अगावै सम्पन्न गरिने
प्रदेशमा सञ्चालित आयोजनाहरुको प्रगति विवरण २ दिनभित्र पेस गर्न मुख्यमन्त्रीको निर्देशन
दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह
hero news full width
मुख्य समाचार
गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
मुग्लिन–पोखरा सडक खण्डमा १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन
वैशाख २६, २०८१गण्डकी सरकारविरुद्ध सर्वोच्चमा कांग्रेसले दर्ता गरायो रिट, पेसी पर्सि
वैशाख २५, २०८१सुरु भयो ट्राफिक सप्ताह, मुख्यमन्त्रीले गरे उद्घाटन
वैशाख २५, २०८१गण्डकीका सभामुखको कदमबारे मिश्रित प्रतिक्रिया
वैशाख २५, २०८१मुख्यमन्त्री अधिकारीले रोजे पुरानै मन्त्री
वैशाख २५, २०८१