पूर्व अध्यक्ष शेरचनको स्मृतिमा श्रद्धाञ्जली सभा

आदर्श समाज सम्वाददाता
पौष २४, २०७५
damodar_Fotor

पोखरा, २३ पुस।थकाली सेवा समिति पोखराले समितिका वरिष्ठ सल्लाहकार एवम् पूर्व अध्यक्ष अजित शेरचनको आठौं दिनको पुण्यस्मृतिमा सोमबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ।

सभामा प्रमुख अतिथि विद्याधर महायोगी श्रीधर राणा रिन्पोछेले मृत्युलाई सहज रूपले नस्वीकार्दा मानिसलाई बढी दुःख हुने गरेको बताए।

उनले भने हामी पीडाको सामना गनेर्तिर भन्दा ढाकछोप गनेर्तिर जब लाग्छौ पीडा झन् बढ्दै जान्छ। मानिसले अनेक प्रकारका दुःख भोग्नुपर्ने र विभिन्न धर्ममा मानिसको दुःखलाई कम गर्दै लाने विधिहरू भएको उल्लेख गर्दै बौद्धधर्ममा पनि त्यस्तो विधिविधान रहेको उनले बताए।

श्रद्धाञ्जली सभामा निवर्तमान अध्यक्ष विश्वमोहन गौचन, पूर्व अध्यक्ष अम्बर तुलाचन, केन्द्रीय समितिका सल्लाहकार डा. सोमतसिंह तुलाचनले स्व. अजित शेरचनले थकाली सेवा समितिमात्र नभै पोखराकै सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएको बताए।

समितिका अध्यक्ष शिवशंकर गौचनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव ई रुजिन्द्र तुलाचनले गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै