पोखरा, २१ पुस। पोखरा विश्वविद्यालय (पोवि) को केन्द्रीय आंगिक महाविद्यालय स्कूल अफ बिजनेसबाट अध्ययन पूरा गरेका भूतपूर्व विद्यार्थीको पोखरामा सम्पन्न भेलाले डा चैतन्य अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ।समिति उपाध्यक्ष दीपमाला श्रेष्ठ, सचिव प्रदीप सापकोटा, सहसचिव सन्तोष शर्मा र कोषाध्यक्ष पूनम गिरी चयन भए ।
यस्तै, सदस्यमा अमृत बास्तोला, शीखा गुरुङ, मञ्जु बराल, जीवन भण्डारी, सुवर्णवीर जबरा, सुजिता अधिकारी, सुवास मल्ल र ज्योति सुनार छन् । तदर्थ समितिले बिधान मस्यौदा उपसिमितिसमेत गठन गरेको छ।
कार्यक्रममा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक हरिबहादुर खड्काले विश्वविद्यालयको समग्र विकासमा पूर्व विद्यार्थीको विशिष्ट भूमिका हुने बताए।
यस्तै, स्कूल अफ बिजनेसका निदेर्शक डा रवीन्द्र घिमिरे, पूर्व विद्यार्थीतर्फबाट डा चैतन्य अधिकारी, अमृत बास्तोला, उमेश आचार्य र पूनम गिरी लगायतले धारणा राखेका थिए।
स्कूल अफ बिजनेसका उपप्राध्यापक तथा आल्मुनाइ सेलका संयोजक प्रदीप सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाको संचालन उपप्राध्यापक सन्तोष गुरुङ र स्वागत उपप्राध्यापक रामकृष्ण चापागाईले गरेका थिए।
सो कार्यक्रमलाई माछापुच्छे बैंक र सन नेपाल लाइफ इन्सुरेन्सले प्रायोजन गरेका थिए।
Related News
सम्बन्धित समाचार
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
hero news full width
मुख्य समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१