दाङ, २७ मंसिर। चितवनको गीतानगरमा बुधबार राति सडक दुर्घटना भएको छ।
गीतानगरबाट दुलही लिएर बाँकेको शम्शेरगञ्ज फर्किदै गरेको बा१२च ३१२२ नम्बरको स्कारपियो जिप र महेन्द्रनगरबाट काठमाडौँ जाँदै गरेको ना५ख ४०९० नम्बरको बस दाङको लमही नगरपालिका-९ को रिहार नजिक बुधबार राति पौने २ बजे एकापसमा ठोक्किँदा स्कारपियोमा सवार ८ मध्ये ६ जनाको घटनास्थलमै मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख बेलबहादुर पाण्डेयका अनुसार मृत्य हुनेमा बेहुलाका बाबु राप्तीसोनारी गाउँपालिका-८ निवासी ५३ वर्षीय मानबहादुर केसी ४५ वर्षीया आमा विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रवीण केसी, ३१ वर्षीय दीपककुमार खड्का, कोहलपुर-१२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री छन्।
उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। सो दुर्घटनामा चालकसहित अन्य दुर्इ घाइते भएका छन्। घाइतेलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ। बेहुला बेहुली भने अर्को गाडीमा रहेको प्रहरीले जनाएको छ।
Related News
सम्बन्धित समाचार
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१