तनहुँ उवासंघ खैरेनीटारको साधारणसभा

आदर्श समाज सम्वाददाता
मंसिर १७, २०७५
KhaireniTar_Fotor

खैरेनीटार, १६ मङ्सिर। तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाई, शुक्लागण्डकी नगरपालिकाको २३ औं बाषिर्क साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले उद्योग वाणिज्य संघ बिकासको साझेदार रहेको वताए । उनले अबका दिनमा उत्पादन आफैले गरी व्यापार गर्न व्यवसायी तयार रहनुपर्ने जनाए । यस्तै, मन्त्री लम्सालले स्थानीय तहमा आवश्यक पर्ने उद्योग स्थापना गर्ने योजना सरकारको रहेको पनि वताए ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष कृष्णराज पण्डीतले जल, जमिन, जंगल, पर्यटनमा गण्डकी प्रदेशको संम्भाव्यता रहेको वताए । उनले औद्योगिक क्षेत्रको विकास गर्न सकेमा युवाहरुको बैदेशिक क्षेत्रप्रतिको आकर्षणलाई घटाउन सकिने जनाए ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले कर तिर्ने व्यापारीहरुलाई सरकारले सम्मान गर्नुपर्ने वताए । उनले जरिवाना तिरेर व्यवसाय नविकरण गर्न पाउनुपर्ने मागसमेत राखे ।

कार्यक्रममा  शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापा, तनहुँ उद्योग वाणिज्य संघका पूर्व प्रथम उपाध्यक्ष हरिकुमार श्रेष्ठ, खैरेनीटार साना सहरी तथा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामचन्द्र उपाध्याय, शुक्लागण्डकी नागरिक समाजका सचिव बाबुराम बस्नेतलगायतले बोलेका थिए ।

कार्यक्रममा सचिव गंगाराम श्रेष्ठ र कोषाध्यक्ष सुजन श्रेष्ठले बाषिर्क प्रतिवेदन प्रस्तुत गरेका थिए । तनहुँ उद्योग वाणिज्य संघ खैरेनीटार बजार इकाईका सभापति पूर्णबहादुर कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सुजित हिराचनले स्वागत र सचिव गंगाराम श्रेष्ठल संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width