शुक्लागण्डकीका विद्यार्थीलाई पोशाक वितरण

आदर्श समाज सम्वाददाता
मंसिर ६, २०७५
suklagandaki school photo _3585_Fotor

पोखरा, ५ मङ्सिर। पोखरा महानगरपालिका वडा न. ३३ लामगादीस्थित शुक्ला गण्डकी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको छ। बेलायतस्थित  नेपाल चिल्ड्रेन ट्रष्टले विद्यालयका ९० जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो।

बेलायतमा सन् २०१५ मा स्थापित ट्रष्टले विगतका वर्षहरुमा अन्य जिल्लाका सामुदायिक विद्यालयलाई सहयोग गर्दै आएकोमा यसवर्ष शुक्ला गण्डकीका विद्यार्थीलाई सहयोग गरेको छ।

विद्यालयका पूर्व शिक्षक विष्णुमाया आचार्यको विशेष पहलमा ट्रष्टले विद्यार्थीलाई पोशाक उपलब्ध गराएको बताइएको छ। त्यसअवसरमा विद्यालयले बेलायति भोलेन्टियर जेन्नी र पूर्व शिक्षक विष्णुमाया आचार्यलाई सम्मान गरेको थियो।

विद्यालयकी प्रधानाध्यापक राधिकादेवी अधिकारी र विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लिलबहादुर श्रेष्ठले उनीहरुलाई सम्मान गरेका थिए। कार्यक्रममा नेपाल चिल्ड्रेन ट्रष्टकी अध्यक्ष माया बाटलिनले शैक्षिक गुणस्तर उकास्ने र जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने संस्थाको लक्ष्य भएको बताईन्।

कार्यक्रममा बेलायति भोलेन्टियर जेन्नी, राइट अफ चिल्ड्रेनका इर्न्र्टन शुस्मिता थापा, पूर्व शिक्षक विष्णुमाया आचार्य लगायतले बोलेका थिए। शुक्ला गण्डकी आधारभूत विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष लिलबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम शिक्षक आनन्द पौडेलले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width