लायन्स खैरेनीटारको पिस पोस्टर प्रतियोगिता

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५

खैरेनीटार, २९ कात्तिक । लायन्स क्लब अफ तनहुँ खैरेनीटारको आयोजनामा पिस पोस्टर प्रतियोगिता सरस्वती नमूना मावि, शुक्लागण्डकीमा सम्पन्न भएको छ ।प्रतियोगितामा पञ्चमुनिदेव माध्यमिक विद्यालयका राजन सुनार प्रथम, सूयोर्दय आवासिय माध्यमिक विद्यालयकी सोनी राना दोस्रो, माउण्ट अन्नपूर्ण एकेडेमीमा अमृत पौडेल तेस्रो भएका छन् । प्रतियोगितामा २० जना प्रतियोगीको सहभागिता रहेको थियो ।

प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल ३२५ बी १ का जोन चियर पर्सनलायन सन्तोष घिमिरे रहेको कार्यक्रममा लायन्स क्लब अफ सिर्जना चौतारीका अध्यक्ष जितबहादुर थापा, सरस्वती नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक सोमनारायण श्रेष्ठ, लायन्स क्लब अफ फेवा बेगनास चौतारीका तृतीय उपाध्यक्ष महेश्वर सुवेदी लगायतले बोलेका थिए । लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव प्रमोद लामिछानेले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width