बौद्धिक अपाङगता भएका बालबालिकाको निम्ति सहयोग

आदर्श समाज सम्वाददाता
कार्तिक २८, २०७५
halp ph 26_Fotor

लेखनाथ, २७ कात्तिक । राईजिङ स्टार युथ क्लबले बौद्धिक अपाङगता भएका बालबालिका रेखदेख गर्दै आएको सुनैालो बिहानी कास्की नेपाललाई सहयोग गरेको छ ।

पोखरा ३०, पावरहाउसमा रहेको सुनौलो बिहानीलार्ई क्लबको सक्रियतामा पोखराका युवराज गुरुङ र प्रीया गुरुङले आफ्नी छोरी सोहनाज गुरुङको नामबाट २० हजार सहयोग गरेका हुन् ।

बौद्धिक अपाङगता भएका बालबालिकाको हेरचाहका लागि स्थापना गरिएको दिवा सेवा केन्द्रमा क्लबका अध्यक्ष सहितको प्रतिनिधि टोलीले सुनौलो बिहानीका कास्की अध्यक्ष मिलन केसीलाई उक्त रकम सहयोग गरेको हो । सोही अवसरमा क्लब अध्यक्ष विष्णुप्रसाद गुरुङले व्यक्तिगत ३ हजार सहयोग गरेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष मिलन केसी, सल्लाहकार प्रेम लिगल र क्लबका अध्यक्ष विष्णुप्रसाद गुरुङले बौद्धिक अपाङगता भएका बालबालिकाका लागि सबैले सहयोग गर्न पर्नेमा जोड दिए ।

पाँच वर्षदेखि संचालित उक्त देवा सेवा केन्द्रमा हाल ९ जना बौद्धिक अपाङगता भएका बालबालिकाका आश्रति छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width