चिकित्सा शिक्षा विधेयक अगाडि बढाइने

आदर्श समाज सम्वाददाता
कार्तिक १५, २०७५

काठमाडौँ, १४ कात्तिक । प्रस्तावित ‘चिकित्सा शिक्षा विधेयक २०७५’ लाई छिटोभन्दा छिटो सहमतिका आधारमा संसद्मा पेश गर्न सांसदले जोड दिएका छन् ।

सरकार र प्राडा गोविन्द केसीबीचमा सो विधेयक संसद्मा शीघ्र पेश गरी पारित गराउने सहमति भएको थियो ।

सो सहमतिका आधारमा विधेयकमाथि सत्तापक्ष र विपक्षका २३ जना सांसदले विभिन्न बुँदामा संशोधन दर्ता गराएका थिए।

हाल सो विधेयक प्रतिनिधि सभा, शिक्षा र स्वास्थ्य समितिअन्तर्गतको उपसमितिमा छलफलमा छ । समितिको बुधवार बसेको बैठकमा समितिका सदस्यले विधेयकलाई अगाडि बर्ढाई सहमति खोज्न आग्रह गरेका थिए।

समितिका सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले संसद्को गत अधिवेशनमा पेश गर्ने तयारी हुँदाहुँदै प्राविधिक कारणले रोकिएको विधेयकलाई उपसमितिले सहमतिका आधारमा टुङ्गोमा पुर्‍याई समितिसमक्ष पेश गर्न आग्रह गरे।

समितिका अर्का सदस्य योगेश भट्टराईले विधेयकले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा बहुआयामिक प्रभाव पार्ने चर्चा गर्दै आग्रह एवं पूर्वाग्रहविना विधेयकमाथि अझ व्यापक छलफल आवश्यक रहेको बताए।

समितिका सदस्य मनकुमारी जिसी, हितबहादुर तामाङ, एकल मियाँले शिक्षा र स्वास्थ्यका  कार्यक्रमका अनुगमनको आवश्यकता रहेको बताए।

बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले समग्र स्वास्थ्य सुधारका लागि उपकरण, औषधि तथा जनशक्ति तीनै क्षेत्रमा काम भइरहेको जानकारी दिए।

समितिका सभापति जयपुरी र्घर्तीको अध्यक्षतामा सो बैठक सम्पन्न भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width