पोखरा, २३ असोज । लायन्स क्लब अफ पोखरा चौतारी विन्ध्यवासिनीले विद्यार्थीलाई सहयोग गरेको छ ।
क्लबले कास्कीकोटस्थित मातृभूमि जनप्रकाश आधारभूत विद्यालयका एक जना विद्यार्थीलाई छात्रवृत्ति र २६ जना विद्यार्थीलाई स्टेशनरी एवं खेलकुद सामग्री वितरण गरेको थियो ।क्लबले विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थी आकाश सारुमगरलाई एक हजार पाँच सय छात्रवृत्ति प्रदान गरेको हो । उनलाई नागासाकी नेपाल फेन्डसीप एशोसिएसन मार्फत माध्यामिक तहसम्मको अध्ययनका लागि समेत छात्रवृत्तिको व्यवस्था मिलाइएको क्लबले जनाएको छ ।
लायन्स पोखरा चौतारी विन्ध्यवासिनी अध्यक्ष कोपिला भुजेलले क्लबतर्फबाट सामाजिक गतिविधिलाई जारी राखिने बताइन् । कार्यक्रम जोन चेयरपर्सन रवीन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बाबुराम भुजेल र क्लबका सचिव केशवराज शर्माले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
अकला आयोजना सञ्चालनमा खानेपानी संस्थान नै बाधक !
सडक आश्रित मानवमुक्त जिल्ला कार्यान्वयनका लागि समन्वय बैठक
सांस्कृतिक कार्यक्रम एवं भजन प्रतियोगिताको तयारी पूरा
पृथ्वीराजमार्ग विस्तार : मुआब्जा बुझाइयो तर घर भत्काइएन
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१