‘नागरिकता पाउँदा संसारै जितेको अनुभव’

आदर्श समाज सम्वाददाता
असाेज १८, २०७५
nagarikata

लमजुङ, १७ असोज। मध्यनेपाल नगरपालिका- ५, समिभञ्याङकी गुनाकुमारी गुरुङले ५५ वर्ष उमेरमा नागरिकता प्रमाणपत्र पाउँदा संसार जितेजस्तै खुसी लागेको बताएकी छन् ।

दुर्इ सन्तानकी आमा उनी जिल्ला प्रशासनमा नागरिकताका लागि पटक-पटक आए पनि रित्तै फर्किनुपरेको थियो । उनलाई हालैमात्र कार्यालयले नागरिकता प्रमाणपत्र दिएको हो ।

सानै उमेरमा २०३८ सालमा विवाह गरेकी उनी २०५३ साल श्रीमान् बेपत्तापछि एक्लो जीवन बिताउँदै आएकी थिइन् ।

‘मसँग विवाह दर्ता, नागरिकता केही थिएन, बुबाको नागरिकताबाट बनाउन खोज्दा पनि

यसअघि नागरिकता पाउन सकिनँ’ उनले नागरिकता हात परेपछि खुसी हुँदै भनिन्, ‘आज नागरिकता पाउँदा संसार जितेजस्तै खुसी लागेको छ।’ उनका बाबु कुलबहादुर गुरुङ अहिले उमेरले ८३ टेके ।

नागरिकतामा गुनाकुमारीको जन्म २०२० चैत ११ उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले लामो समयदेखि नागरिकता नपाएकाका लागि ऐन कानूनले मिलेसम्म नागरिकका लागि दुःख नदिने किसिमले नागरिकता प्रदान गर्दै आएको बताए। उनले भने, ‘हामी जनताका सेवाका लागि आएका हौ। उनीहरुको समस्या अनुसार सहज तरिकाले सुल्झाउनु हाम्रो कर्तव्य हो।’

‘नागरिकता नपाउँदा दुर्इ छोराहरूको भविष्य पनि अन्धकारमा डुब्छ कि भन्ने चिन्ता थियो तर त्यस्तो शंका आजबाट हट्यो,’ उनले भनिन् । उनका २४ वर्ष र २३ वर्षका छोराहरु छन् ।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width