अन्नपूर्ण गाउँपालिकामा शिक्षा दिवस

आदर्श समाज सम्वाददाता
भाद्र २५, २०७५
annapurna gaupalika education photo

हेेमजा, २४ भदौं ।शिक्षा युवा तथा खेलकुद शाखा अन्नपूर्ण गाउँपालिकाले ३९ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवस दुर्इदिनसम्म विविध कार्यक्रम गरी मनाएको छ ।

दिवसकै उपलक्ष्यमा शाखाले उत्कृष्ठ ३ सामुदायिक र १ संस्थागत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, उत्कृष्ठ ३ सामुदायिक र १ संस्थागत माध्यमिक तहका शिक्षक, निम्नमाध्यमिक तहका शिक्षक ३, प्राथमिक तहका ४, बाल शिक्षक ३ तथा विद्यालय सहयोगी ३ जनालाई सम्मान गरेको छ ।

त्यस्तै र्एसइर्इ परीक्षा २०७४ मा सामुदायिक विद्यालयबाट सर्वोत्कृष्ठ माछापुच्छे्र माविकी छात्रा अमृता अधिकारी र सिर्जना माविका छात्र विजय अधिकारी तथा गाउँपालिका भरमै सवोर्त्कृष्ठ ग्रेड ल्याउन सफल मर्निङस्टार माविका छात्र सुवास सुवेदी र छात्रा कविता पौडेललाई पनि सम्मान गरिएको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथी उपमहालेखा परीक्षक राममाया कुँवर, पाठ्यक्रम विकास केन्द्रका निर्देशक विष्णुप्रसाद अधिकारी, सम्मानित शिक्षकहरुको तर्फबाट परशु आधारभूत विद्यालयका प्रधानाध्यापक तुलसीप्रसाद अधिकारी, विभिन्न शिक्षक संगठनका प्रतिनिधि, विद्यार्थी लगायतले आ-आफ्नो भनाई राखेका थिए । शाखाले दिवसकै अवसरमा शुक्रवार माध्यमिक तहस्तरीय निबन्ध र चित्रकला प्रतियोगिता पनि आयोजना गरेको थियो ।

गाउँपालिका अध्यक्ष युवराज कुँवरको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष सगुन गुरुङले स्वागत तथा कार्यक्रमको संचालन गाउँ शिक्षा अधिकारी बलराम भुगाईले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बिपिसीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा, १६ वैशाख । क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति…
  • झोलाबाट अफिस चलाउँदै बाल संगठन

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । अनाथ र सहाराविहीन बालबालिकालाई आश्रय दिने उद्देश्यले स्थापित नेपाल बाल संगठन कास्की आफैं आश्रयविहीन छ । पोखरा–३, नदीपुरस्थित…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width